जनमुक्तिको झापा अध्यक्षमा परशुराम « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जनमुक्तिको झापा अध्यक्षमा परशुराम


यलम्वर टाइम्स
२६ मंसिर २०७३, आईतवार ०३:३८

parsu-ram-copy
अध्यक्ष परशुराम

सन्तोष अधिकारी

बिर्तामोड । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति झापाको बिर्तामोडमा पार्टीको सातौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले विभिन्न ९ वटा निर्णय गरेको अध्यक्ष परशुराम मगरले जानकारी दिएका छन् । नेपालको आन्तरिम संविधानको धारा १३८(१), १३८(१) क अनुरुप जातीय ऐतिहासिक पृष्ठभूमि र थाकथलो, पहिचान तथा सामथ्र्यको आधारमा प्रदेशहरु लिम्बुवान, खम्बुवान, मधेश, तामसालिङ, नेवार, तमुवान, मग्रात, लुम्बिनी, थरुहाट, खसाङ, कर्णाली र खप्तड सुनिश्चित गर्न माग गरेको छ ।
त्यस्तै अधिवेशनले भ्रष्टाचारलाई देशद्रोही मानी भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न संवैधानिक घोषणा गर्नुपर्ने जोड दिएको छ । आदिवासी, जनजाति, खस, आर्य, दलित, मधेशी, क्लस्टर र महिलाको प्रतिनिधित्व हुने गरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न समेत अधिवेशनले माग गरेको अध्यक्ष मगरले बताएका छन् ।

त्यस्तै सबै मातृभाषालाई सरकारीको कामकाजको भाषा हुने गरी मान्यता दिइनुपर्ने, थ्रेसहो
ल्ड परिपार्टी बन्द गरिनुपर्ने, सांसद भत्ता बृद्धिला
ई खारेज गर्नुपर्ने, भीआइपीहरुलाई औषधि उपचार खर्च दिने परिपार्टी बन्द गर्नुपर्ने लगायतका मागहरु राखिएको जनमुक्ति पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै अधिवेशनले परशुराम मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
समितिको उपाध्यक्षत्रयमा पार्वता माङ्मु, रत्नबहादुर खजुम र गोपाल चौधरी, सचिवमा पदम कन्दङ्वा, उपसचिव धनबहादुर मगर, संगठन सचिवमा भूपाल रानामगर र कोषाध्यक्षमा क्या. शिवकुमारराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मनकुमारी राई, राजेन्द्र खालिङ, मानु साम्मेखाम, मैना बराइली, दिलीप राई, विष्णु राजवंशी, खड्ग सम्वाहाम्फे र केदार घले चयन भएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीको इञ्चार्ज भवानीविक्रम सेत्लिङ चयन भएका छन् भने प्रमुख सल्लाहकारमा कृष्णकुमार थेवे चयन भएका छन् । त्यस्तै स
ल्लाहकारहरुमा भरतसिंह राई, क्या. मानबहादुर राई र दुर्गाबहादुर कटवाल रहेका छन् । पार्टीको सातौं अधिवेशन मंसीर २५ र २६ गते बिर्तामोडम सम्पन्न भएको छ ।