जेसीज ४३ औं सम्मेलन सबैको जीत « Yalambar Times
७ माघ २०८१, सोमबार

जेसीज ४३ औं सम्मेलन सबैको जीत


यलम्वर टाइम्स
३ पुष २०७३, आईतवार ०९:५८

jaycees2

नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशन धापासीको टोखामा सम्पन्न भएको छ ।

महाधिवेशन उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएका थिए । मेचीदेखि महाकालीसम्मका १४३ शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अधिवेशनको बन्द सेसनले युवा नेतृत्व र निडरता सम्बन्धि बृहत छलफल भएको थियो । जेसीजको बन्द सेसन चल्दै थियो त्यतिकैमा दुई–दुई ठाउँ जेसीजका नव आगन्तुकहरुलाई तालिम प्रदान गरिएको थियो ।

सानाले ठूलालाई आदर गर्ने ठूलाले सानालाई माया बाँड्ने सन्देश जेसीजको अधिवेशनले दिइको थियो । जो हार्दा पनि जेसीज नै हारेको जो जित्दा पनि जेसीजले नै जितेको भान हुने उक्त महाधिवेशनमा युवाहरुलाई साहित्यमा ढाल्ने, वतृत्वमा अग्रस्थान पु¥याउँने, व्यापार व्यवसायमा नयाँ आयाम थप्ने जस्ता बहस चलेको थियो । लोकतान्त्रिक पद्धतिबाट नयाँ कार्यसमिति निर्माण गर्ने विधि भएको हुँदा २८ गतेको चुनावले राष्ट्रिय अध्यक्षको लागि पूर्व झापा दमकका प्रकाशप्रसाद अधिकारी निर्वाचित भएका थिए । भने राष्ट्रिय उपाध्यक्षमा अतुल प्रसाई निर्वाचित भएका छन् ।

शनिअर्जुनबाट प्रतिनिधित्व गर्ने सार्दुलहाङ ओली सान्तवाना प्राप्त गरेका छन् । अर्का सतासीधामबाट प्रतिनिधित्व गर्ने रोशन सुवेदीले पनि सम्मान जनक मत प्राप्त गरेका छन् ।

धापासीको महाधिवेशनलाई सफल पार्न र चिसो सिरेटोलाई चिर्दै अर्जुनधारा जेसीजबाट मानार्थ सदस्य चतुर्भुज काफ्ले, संस्थापक अध्यक्ष इन्दिवर खड्का, वर्ष ०१५ अध्यक्ष दिपीन राई, सल्लाहकार केशव खड्का, कार्यकारी उपाध्यक्षद्वय चन्द्र लाफा र प्रल्हाद ढुंगाना, महासचिव टीआर गौतम, कानुनी सल्लाहकार चिरनसेन थापा, कोषाध्यक्ष अजय देव, उपाध्यक्षहरु देवेन्द्र मैनाली, रोयक थापा, शुरेस थापा, किरण श्रेष्ठ, सूचना संयोजक राजन साम्पाङ, सहसंयोजक सागर खरेल, जेसी भाष्कर भट्टराई, जेसी गंगा गौतम, शिक्षा संयोजक उज्वल खरेल, जेसी जीवन रहेका थिए । हामीलाई सहज रुपमा पु¥याएर ल्याउनका लागि यात्रामा गणेश पराजुली र टिकाराम शिवाकोटीको ठूलो साथ रहेको थियो । सम्मेलनमा अर्जुनधारा जेसीज शनिश्चरेको परिचय नेतृत्व बुलेटिन मार्फत जानकारी गराईको थियो ।