सङ्गठन विस्तार गर्ने निर्णय « Yalambar Times
२ असार २०८२, सोमबार

सङ्गठन विस्तार गर्ने निर्णय


यलम्वर टाइम्स
२८ पुष २०७३, बिहीबार १०:१९

Janmuktiflagबिर्तामोड / राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा झापाको सोमबार सम्पन्न जिल्ला बैठकले सङ्गठन विस्तार गर्ने निर्णय गरेको छ ।

मोर्चाकी सचिव सोमा राईका अनुसार मोर्चाले माघ मसान्तभित्र जिल्लाका नगर तथा गाउँ विकास समितिमा सङ्गठन विस्तार गर्ने निर्णय गरेको छ । सङ्गठन विस्तारका लागि तालिका निर्माण गर्न माघ पहिलो साता पार्टी र मोर्चाबीच संयुक्त बैठक बस्ने भएको छ ।

मोर्चाकी अध्यक्ष रिना मगरको सभापतित्व तथा पार्टीकी केन्द्रीय उपाध्यक्ष मिना पन्धाक लिम्बूको आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न एजेन्डामाथि छलफल गर्दै मोर्चासँगै पार्टीलाई अघि बढाउने कार्य गर्ने निर्णय गरेको पनि सचिव राईले बताइन् ।
बैठकमा पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगर, प्रमुख सल्लाहकार कृष्णकुमार थेवे, जिल्ला उपाध्यक्ष पार्वती माङ्मु, सङ्गठन सचिव भुपाल रानामगरको उपस्थिति थियो ।