उभौली पूजा सुरु « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

उभौली पूजा सुरु


यलम्वर टाइम्स
५ माघ २०७३, बुधबार ११:२८

लारुम्बा / किराँत गुरु आन्मानन्द लिङ्देनज्यूले किराँतीहरु प्रकृति पूजक भएको हुनाले प्रकृतिलाई पूजा र अन्नवालीलाई पनि पूजा गर्दै उभौली पूजा सुरु भएको बताउनुभएको छ । यो पूजा किराँतीहरुले मात्र होइन सबैले गर्नुपर्ने गुरुले बताउनुभयो ।

माघ महिनाबाट दिन लामो हुँदै जाने र जमिनबाट उत्पत्ति भएका बोटविरुवा पनि पौलिदै आउने भएको हुँदा पूजा गर्न जरुरी रहेको बताउनुभयो । गुरु आत्मानन्दज्यूले विभिन्न क्षेत्रबाट उपस्थित भएका हजारौं भक्तजनलाई आशिर्वचन प्रदान गर्दै प्रकृतिको पूजा गर्दा पृथ्वी आयु लम्बिने र अन्नलाई पूजा गरेर वाली लाउँदा अन्नमा सह बस्ने भएकोले पृथ्वीलाई हेला गर्न नहुने जोड दिनुभयो ।

गुरुले विश्व शान्ति मानव एकताका लागि लारुम्बाबाट होमादी पूजापाठ भईरहेको बताउँदै द्वन्द्व, हातहतियारबाट गरिने कार्यबाट पृथ्वीको आयु छोटिने बताउनुभयो । भगवानले खेती गर्ने तरिका सिकाउनुभयो हामी त्यो तरिकालाई बिर्र्सिएर जमिनलाई उर्भर भूमि बनाउने बहानामा विभिन्न रसायनिक पदार्थहरु लगाएर सुख सयलबाट अन्न उत्पादन गर्दा मानव जाति र प्राण भएकाहरुलाई कष्ट हुँदै आएको बताउँदै जमिनलाई बचाउँनका लागि अग्र्यानिक प्रवृद्धि तर्फ लाग्नुपर्ने सन्देश पनि दिनुभयो ।

हत्या, हिंसा, मद्यपान र धुम्रपानले अहंकार उत्पादन भएको हुँदा त्यसलाई त्यागेर सुमार्गमा हिंड्नु पर्ने जोड दिनुभयो । गुरुले आउने समय मानव जातिको लागि राम्रो समय भएको बताउँदै राजनेताहरुले जनताको भावना अनुसार काम गरेर लगे सबैको जय हुने बताउनुभयो ।