विद्यार्थीलाई दोभानबाट न्यानो टोपी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

विद्यार्थीलाई दोभानबाट न्यानो टोपी


यलम्वर टाइम्स
१६ माघ २०७३, आईतवार ०६:३७

topशनिअर्जुन / शनिअर्जुन–३ भाङ्गबारीमा रहेको दोभान युवा क्लबले विभिन्न विद्यालयमा न्यानो टोपी वितरण गरेकोे छ ।

समाज परिवर्तनको लागि युवा भन्ने मुल नारा लिएर विभिन्न चेतनामुलक काम गर्दै अघि बढ्ने क्रममा दोभान युवा क्लब र बेनी डिष्ट्र्रीब्युशन प्रोग्राम अन्र्तगत सनराईज चिल्ड्रेन एशोसिएसन (एससीएआई) अष्ट्रेलियाको संयुक्त आयोजनामा झापा शनिअर्जुन नगरपालिका र खुदुनाबारी गा.वि.स भित्र रहेका १४ वटा विद्यालयका प्राथमिक तहका २३०८ विद्यार्थीलाई स्कुल–स्कुलमा गएर टोपी वितरण गर्ने काम गरेको छ ।

दोभान क्लबले विद्यालय अन्र्तगत अर्जुनधारा मावि, नवदुर्गा प्रावि, भानु उच्च मावि, समाज सेवा प्रावि, लक्ष्मी प्रावि, भानु निमावि र शिवनारायण प्रावि, जनता मावि, सिंहदेवी मावि, गणेश निमावि, अरुणोदय निमावि, अर्जुनधारा संस्कृति मावि, बालकल्याण प्रावि, शनिश्चरे उमाविमा टोपी वितरण गरिसकेको छ ।

सो कार्यक्रम क्लबका अध्यक्ष टिका शिवाकोटीको सभापतित्वमा टोपी वितरण गर्ने क्रममा क्लबका उपाध्यक्षद्धय रोशन बस्नेत, माधव भट्टराई, सचिव सुनिल वि.क., सह(सचिव समिर निरौला, सदस्य गोविन्द खनाल, केशव भण्डारी र लोकनाथ कट्टेल लगायत सम्पुर्ण क्लबका कार्यसमिति उपस्थित भएर वितरण गरिएको प्रेस सल्लाहकार गणेश थापाले जानकारी दिए ।