शनिअर्जुन खानेपानीको २२ औं साधारणसभा सम्पन्न « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

शनिअर्जुन खानेपानीको २२ औं साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
१७ माघ २०७३, सोमबार १२:०३

000शनिअर्जुन / विगत लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको खानेपानी तथा सरसफाई उपभोक्ता समिति शनिअर्जुनको २२ औं साधारणसभा विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।

सभाको उद्घाटन प्रमुख अतिथि खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सिताराम काफ्लेले गरेका थिए । समितिको आफ्नै भवनको प्राङ्गणमा भएको कार्यक्रममा पूर्व राज्य मन्त्रि बीरमणि ढकाल, सल्लाहकार प्रमुख कृष्णप्रसाद मिश्र, सल्लाहकार क्या. मानबहादुर राई, लभकुश गिरी, संस्थापक अध्यक्ष केदारमणि ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपभोक्ता समितिका अध्यक्ष छत्रमणि ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा खानेपानी उपभोक्ता समितिलाई सहयोग पु¥याएको भन्दै इन्जिनीयर शंकर सुवेदी, सारदा भट्टराई, पूर्व उपाध्यक्ष पूर्णमणि ढकाल र पूर्व सचिव नरेन्द्रबहादुर राईलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी व्यवस्थापक भिमबहादुर पाण्डेलाई पनि सम्मान गरिएको थियो । त्यस्तै गरी पानीको सही सदुपयोग गरी समयमै शुल्क तिरेर छुट पाउने उपभोक्ताहरु मध्ये गोला प्रथाद्वारा छनौटमा परेका सावित्रा अधिकारी, रोहीत खपाङ्गी, टेकबहादुर थापा मगरलाई सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष छत्रमणि ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव किरण शिवाकोटीले गरेका थिए ।