अर्जुनधारा जेसीजको साधारणसभा सम्पन्न « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

अर्जुनधारा जेसीजको साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२ फाल्गुन २०७३, सोमबार ०९:४७

1 copyशनिअर्जुन / अर्जुनधारा जेसीज शनिश्चरेको पाँचौ वार्षिक साधारणसभा आईतबार आफ्नै नवनिर्मित भवनमा सम्पन्न भएको छ ।

वर्ष ०१६ का अध्यक्ष सार्दुलहाङ ओलीको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवालले अर्जुनधारा जेसीज स्थापना भएको छोटो अवधिमा नेपाल अधिराज्यकै उत्कृष्ट शाखा हुँदै ०१६ मा आफ्नो भवन निर्माण कार्यलाई पूर्णता दिएको हुँदा आफू सक्षम र अब्बल रहेको दर्शाएको बताए । पूर्व राष्ट्रिय उपाध्यक्ष अग्रवालले आफू पहिलो पटक आउँदा अर्जुनधारा जलेश्वर धामको खुल्ला प्राङ्गणमा जेसीजबारे अन्तरक्रिया कार्यक्रम गरेको सम्झदै छोटो समयमै यतिका उपलब्धी हासिल गर्नु चानचुने कुरा नरहेको बताए । उनले अर्जुनधारा जेसीज अन्य शाखाहरुका लागि उदाहरणीय बनेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले अर्जुनधारा जेसीज र वीरता जेसीजबीच4 copy नङ र मासुको सम्बन्ध रहेको बताउँदै साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वीरता लेडी जेसीजका पूर्व अध्यक्ष रजनी बजगाई, अर्जुनधारा जेसीजका सल्लाहकार विष्णु थापा, संस्थापक अध्यक्ष इन्दिवर खड्का लगायतले आफ्नो मन्तव्य राखेका थिए भने वर्ष ०१५ का अध्यक्ष दिपीन राई, सल्लाहकार कृष्ण भट्टराई, बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेल, वीरता लेडी जेसीज वर्ष ०१७की अध्यक्ष नैनकला भट्टराई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा महासचिव टीआर गौतमले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अजय देवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसै बीच अर्जुनधारा जेसीजले तालिमको आयोजना गर्दै व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले ककस कार्यक्रमको सञ्चालन समेत गरिएको थियो । फरक र पृथक शैलीमा भएको ककस कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार, कार्यकारी उपाध्यक्ष पदका उम्मेदवार र अध्यक्षले अर्जुनधारा आफ्नो योजनाका बारेमा बालेका थिए ।

अर्जुनधारा जेसीजलाई निरन्तर अगाडि बढाउन वर्ष ०१७ का लागि अध्यक्षमा प्रल्हाद ढुंगानालाई निर्विरोध चयन गरिएको थियो । साधारणसभाबाट कार्यकारी उपाध्यक्षमा चिरन थापा र अजय देव चयन भएका थिए भने उपाध्यक्षमा टीआर गौतम, भाष्कर भट्टराई, जीवन खनाल र राजन साम्पाङ सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त दिपीन राईले जानकारी दिए । कार्यसमितिलाई पूर्णता दिने क्रममा नवनिर्वाचित अध्यक्ष प्रल्हाद ढुंगानाले महासचिवमा राघव थापा, कानुनी सल्लाहकारमा किरण श्रेष्ठ, कोषाध्यक्ष सुरेश थापा लगायतलाई मनोनयन गरेका थिए ।

कार्यकारी उपाध्यक्ष प्रल्हाद ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव टीआर गौतमले गरेका थिए ।

3 copy