अर्जुनधारामा नयाँ अधिकृत राधाकृष्णलाई स्वागत « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारामा नयाँ अधिकृत राधाकृष्णलाई स्वागत


यलम्वर टाइम्स
१३ चैत्र २०७३, आईतवार ०९:०२

nagrpalikaअर्जुनधारा / अर्जुनधारा नगरपालिकामा आएका नयाँ अधिकृत राधाकृष्ण खतिवडालाई भव्य स्वागत गरिएको छ ।

नगरपालिकाको सभाहलमा आयोजित स्वागत कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था र वडाका संयोजकहरुले खतिवडालाई अविर र खादा लगाई स्वागत गरेका थिए । सोही दिन कार्यरत् रहेका अधिकृत मनोज राउतलाई प्रशंसा गर्दै बिदाई समेत गरिएको थियो । स्वागत तथा बिदाई कार्यक्रममा माओवादीका हरि दाहाल, नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, एमालेका क्षेत्रीय अध्यक्ष हरि राना लगायतले सरुवा भई गएका मनोज राउतको मुक्तकण्ठले प्रशंसा गरेका थिए । राउत रहिन्जेल नगरको विकासको काम सहज तरिकाबाट अगाडि बढेको हुँदा त्यस्तै सहजता अपनाएर काम गरिदिन नयाँ अधिकृत खतिवडालाई अनुरोध गरेका थिए ।

कार्यक्रममा अधिकृत मनोज राउतले यस नगरपालिकामा रहेका राजनीतिक दल, संघसंस्था र सञ्चारकर्मीले विकासको कार्यमा खेलेको भूमिकाको विषयमा आएका अधिकृतलाई अवगत गराएका थिए भने मिलेर काम गर्दा सबै क्षेत्रबाट सहज वातावरण हुने समेत अवगत गराएका थिए । उनले आफू रहँदा यस नगरपालिकाबाट धेरै कुराहरु सिक्ने मौका पाएको पनि बताए ।

कार्यक्रममा नयाँ अधिकृत खतिवडाले नगरको सपना साकार पार्ने काममा आफू पनि सक्रिय हुने बताउँदै मनोज राउतलाई जस्तै सहयोग गरिदिन सबैसँग आग्रह गरेका थिए । कार्यक्रममा स्वागत तुलसी भण्डारीले गरेका थिए ।