मनोज बुद्धशान्तिमा « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

मनोज बुद्धशान्तिमा


यलम्वर टाइम्स
८ चैत्र २०७३, मंगलवार ०७:२४

अर्जुनधारा / शनिअर्जुन नगरपालिका भएपछि तेस्रो अधिकृतका रुपमा काम गर्दै आएका मनोज राउत बुद्धशान्ति गाउँपालिकाको अधिकृत भएर जाने भएका छन् ।

राज्य पुनःर्संरचना आयोगले शनिअर्जुन र खुदुनाबारीलाई मिलाएर अर्जुनधारा नगरपालिका बनाएपछि अधिकृत राउतलाई बुद्धशान्तिमा पठाएको हो । अर्जुनधारा नगरपालिकामा को प्रमुख भएर आउने हो यकिन भएको छैन । यसरी नै कमल गाउँपालिकामा राजकुमार शाक्य, गौरीगञ्जमा सुरेन्द्र थापा मगर, बाह्रदशीमा तुलसीकुमार नेपाल, झापामा चोलाराज दंगाल, हल्दीबारीमा खम्बराज राई, केचनकवलमा राजकुमार शाक्य रहेको मन्त्रालयले जनाएको छ ।

अर्जुनधारा नपाको प्रमुखमा भने राधाकृष्ण खतिवडा, पंकज भुर्तेल, खिलराज राई, दिपक दाहाल र लक्ष्मी रेग्मी मध्ये एक जना आउने भएका छन् ।