एमालेका नगर अध्यक्षका उम्मेद्वारहरु यस्ता छन् « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

एमालेका नगर अध्यक्षका उम्मेद्वारहरु यस्ता छन्


यलम्वर टाइम्स
११ बैशाख २०७४, सोमबार १२:२२

111अर्जुनधारा / नेकपा एमाले अर्जुनधारा नगरपालिकाका वडा अध्यक्ष उम्मेद्वारहरु केही सर्वसम्मत भएका छन् ।

सर्वसम्मत हुनेहरुमा वडा नं. १ मा गजाधर खतिवडा, ४ मा दुर्गा दाहाल, ५ मा ध्यानबहादुर भारती, ७ मा रमेश त्रिखत्री र ११ मा भैरव खड्का सर्वसम्मत भएका छन् भने २ मा योगेन्द्र आचार्य, ३ मा नरबहादुर कन्दङ्वा, ६ मा लोक गौतम, ८ मा दिलीप गुरुङ र कुमार उप्रेति, ९मा पुष्प प्रसाई, १० मा बलदेव गोम्देनको नाम चर्चामा छ ।

यसरी नै मेयरका लागि भने १ नम्वरमा हरिकुमार रानाको नाम चर्चामा छ भने कुन्दन भट्टराई, प्रेमसागर सापकोटाको पनि नाम सिफारिस गरिएको छ । यता नेपाली कांग्रेसले कार्यकर्ताहरुलाई मिलाएर उठाउनका लागि छलफलमा जुटेको नगर सभापति हेमराज खरेलले जानकारी दिइ ।