महेन्द्रकुमार सिंह ललितपुर नगरपालिका–५ लुगु स्थायी घर भएका एक शिक्षित व्यक्ति हुन् । उनी सामाजिक क्षेत्रमा काम गरिसकेका व्यक्तिको रुपमा ललिपुरको लुगुमा चिनिन्छन् । उनी हप्तामा २ पटक डाइलोसिस गर्दै बसेका छन् । उनी मृगौला खराबी भएका बिरामीहरुका लागि प्रेरणादायि श्रोतका रुपमा चिनिन्छन् ।
मृगौला खराब भयो भन्दैमा निरास भएर बस्नु पर्दैन । त्यो त शरीरको एउटा अंगमात्र गुमेको हो । अरु अंग गुमेको छैन । आहारविहारमा ध्यान पु¥याएर बस्यो भने लामो समयसम्म बाँच्न सकिन्छ । उनी भन्छन् –‘धेरै मृगौला पीडितहरु डाइलोसिस गर्दै व्यवसाय गरी बसीरहेका छन् ।
म पनि १४ महिनाभन्दा बढी भयो डाइलोसिस गर्दै बसेको । म फिट छु । हप्तामा २ पटक डाइलोसिस गर्छु । अरुबेला घरमा काम सघाउँछु । व्यवहारमा सहयोग पु¥याउँदै आएको छु ।’ महेन्द्र भन्छन् –‘हामी मृगौला खराब भएकाहरुलाई राज्यले सहुलियत दिएको छ । सहुलियत भएको ठाउँमा पुगौं सेवा लिन पछि नहटौं ।’ उनी आफ्नो फोन ९८६८४२२०५१ सर्वजनिक गर्दै निराश कहिलै नहुन मृगौला खराब भएका व्यक्तिहरुलाई अनुरोध गर्छन् ।
उनी निदान अस्पताल ललिपुरमा डाइलोसिस गर्दै बसेका छन् । तर उनको गुनासो छ, मृगौला पीडितहरुलाई फार्मेसी पिछे फरक–फरक औषधीको रेट लिने भएको हुँदा सम्बन्धित निकायले त्यसतर्फतिर ध्यान दिन अनुरोध गर्छन् । उनीमात्र होइन, निदान अस्पतालमा उपचार गर्न आउनेहरु अन्य फार्मेसीमा औषधी महंगो भएको गुनासो गर्छन् ।