नयाँ शक्तिको ठाउँ–ठाउँमा जोशिला उम्मेद्वार « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

नयाँ शक्तिको ठाउँ–ठाउँमा जोशिला उम्मेद्वार


यलम्वर टाइम्स
२४ बैशाख २०७४, आईतवार ०७:३३

अर्जुनधारा / पछिल्लो पटक आर्थिक समृद्धिको आवाज बोकेर आएको नयाँ शक्ति पार्टी झापाले ठाउँ–ठाउँमा जोशिला उम्मेद्वार उभ्याएका छन् ।

‘अरु गर्छन् कुरा हामी गर्छौं पुरा’ भन्ने चुनावी नाराका साथ स्थानीय चुनावमा होमिएका अर्जुनधारा नगरपालिकाको लागि भने मेयर पदमा देवकला प्रसाई, र उपमेयरमा श्याम घिमिरे उभ्याएका छन् ।

पार्टी अध्यक्ष तथा केन्द्रीय सदस्य कुमार क्षेत्रीका अनुसार हामी यो पटक हाम्रो आवाज गाउँसम्म पु¥याउँदैछौं त्यसैले मेचीनगरको मेयरमा पनिता ढकाल र उपमेयरमा कान्छा हुमागाई, बिर्तामोडको मेयरमा उदय गुरुङ, भद्रपुरको उपमेयरमा थिङ्की कामती, शिवसताक्षीको मेयरमा दिपक बुढाथोकी, कमल गाउँपालिकाको अध्यक्ष भिमराज राई, दमकको मेयरमा सतिस शाह छनौट भएका छन् ।

यसरी नै अर्जुनधारा वडा नं. ७ को अध्यक्षमा जेसी देवेन्द्र मैनालीको उम्मेद्वारी रहेको बताएका छन् ।