अर्जुनधारा / नेपाल पत्रकार महासंघले पत्रकारहरुको उपचार कोषका लागि १ करोड रुपैयाँ संकलन गर्ने अठोट लिएको छ ।
महासंघ झापा उपाध्यक्ष एकराज गिरीको नेतृत्वमा उक्त कोष सञ्चालन गर्न लागिएको हो । हालसम्म कोषमा १३ लाख संकलन भइसकेको बताउँदै उपचार कोषका लागि विभिन्न सहयोगी दाताहरुले आर्थिक प्रदान गर्दै गरेको पनि जानकारी दिएका छन् । उक्त कोषको रकमको व्याजबाट बिरामी परेका पत्रकारहरुको रोगको पहिचान गरी सहयोग गरिने जानकारी दिए ।
पत्रकार उपचार कोषमा दाताहरुको नाम आजीवन रहने भएको हुँदा यो बेला महासंघलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । साउनबाट सञ्चालनमा आउने उक्त कोषका लागि पत्रकार महासंघका सदस्यहरुबाट जनही ३ हजारका दरले संकलन भएको र केही पत्रकारले ५ हजारदेखि १० हजारसम्म दिएको जानकारी संयोजक गिरीले दिए ।
यसरी नै कोषलाई अगाडी बढाउन झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी ओमकृष्ण विमली र जेसी पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड–५ निवासी विमली दम्पत्तिले विहीबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराई, महासंघका सदस्य अनिल ढुंगाना लगायतका पत्रकारको समेत उपस्थिति थियो ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको विमली दम्पत्तिले सराहना गरे ।
यसरी नै झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड–५ निवासी भट्टराईले शुक्रबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
निर्मल नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका उपसभापति हुन् । रोटरी क्लब जस्ता संस्थामा आवद्ध भई समाजसेवामा सक्रिय भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्ष हुन् ।
यसरी नै झापा बिर्तामोड निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईले पत्रकार सहारा उपचार कोषका लागि २५ हजार एक सय ६५ रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड ५ महानन्द चौक निवासी प्रसाईले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताए । प्रसाईले आफ्नो तर्फबाट केही समय भित्रै कोषमा थप रकम प्रदान गरेर ५१ हजार पुर्याइदिने प्रतिवद्धतासमेत जनाएका छन् ।
यसरी नै झापा बिर्तामोड निवासी व्यवसायी सुरेन्द्र मित्तलले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड ५ निवासी मित्तलले विहीबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
यसरी नै बिर्तामोडस्थित गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक वीरबहादुर दर्नालले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
दर्नालले मंगलबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सचिव केशव भट्टराईलाई संयुक्तरुपमा प्रदान गरे ।
दर्नाल आसन्न स्थानीय निर्वाचनका लागि बिर्तामोड–५ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत हुन् । पत्रकार महासंघका सदस्य समेत रहेका दर्नाल ऐक्यबद्धता मासिक र आगन एफएममा आबद्ध रहेको कोषका सचिव भट्टराईले जानकारी दिए ।