माओवादी उम्मेद्वार सार्वजनिक « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

माओवादी उम्मेद्वार सार्वजनिक


यलम्वर टाइम्स
१ जेष्ठ २०७४, सोमबार ०६:२७

मेचीनगर / स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर–१४ मा सम्पन्न भेलाले माओवादी केन्द्रको उम्मेद्वारीको नाम सार्वजनिक गरेको छ ।

वडा कार्यालयको उद्घाटन कार्यक्रमबीच महिला र दलित महिला सदस्यसहित ५ सदस्यीय उम्मेद्वारीको नाम सार्वजनिक गरेको हो । भेलाले मेचीनगर–१४ को वडा अध्यक्षमा बाबुलाल सुब्बाको नाम सार्वजनिक गरेको हो । महिला सदस्यद्धयमा कृष्णकुमारी सुवेदी (चापागार्इँ), सुवित्रा करुवा तथा सदस्यमा श्रवण राजवंशी, गुनिलाल राजवंशीको नाम सार्वजनिक गरेको हो ।

भेलामा प्रमुख अतिथि माओवादी केन्द्रका मेचीनगर संयोजक प्रकाश भण्डारी (संयोग) ले उम्मेद्वारीको नाम सार्वजनिक गरेका थिए । भेलामा नमुना मतपत्र तथा माओवादी केन्द्रको प्रतिबद्धतासमेत वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशिष्ठ अतिथि मुकुलचन्द्र राजवंशी, श्रीप्रसाद चौधरी लगायतले बोलेका थिए ।

कृष्णकुमारी सुवेदी चापागाईँको अध्यक्षतामा सम्पन्न भेला मुनिलाल राजवंशीले सञ्चालन गरेका थिए ।