शनिश्चरेमा इलेक्ट्रोनिक प्लाजा उद्घाटन « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

शनिश्चरेमा इलेक्ट्रोनिक प्लाजा उद्घाटन


यलम्वर टाइम्स
१५ जेष्ठ २०७४, सोमबार १०:४९

photoअर्जुनधारा /  सफल व्यवसायीको रुपमा परिचित बसन्त सामोनी र अर्का युवा व्यवसायी राज सुब्बाको संयुक्त लगानीमा हाम्रो बजार नामबाट इलेक्ट्रोनिक प्लाजा सुभारम्भ गरिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले प्लाजाको उद्घाटन गर्दै पुरानो बजार शनिश्चरेमा यस्ता खाले आकर्षक प्लाजा तथा पसलले शनिश्चरेको गरिमा उच्च राख्न ट्ेवा पुग्न बताए । उनले अगाडि भने आकर्षक र किफायति सामानको लागि अन्य शहर धाउनु नपर्ने बताउँदै यस नगरपालिकाको इज्जत शनिश्चरे बजारले राख्ने भएको हुँदा व्यापार व्यवसाय र उद्योगमा नगरपालिकाको सहयोग रहनुपर्ने बताए ।

प्लाजाका प्रोपाइटर बसन्त सोमानीको सभापतित्वमा भएको कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल, त्रिवेणी व्यापारका लोचन बराल, पूर्व सभासद सिद्धार्थ सोमानी, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस क्लबका अध्यक्ष दिपीन राई, नगर विकास समितिका अध्यक्ष कुमार भट्टराई, महासंघ उपाध्यक्ष एकराज गिरी, ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामप्रसाद भट्टराईको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रोपाइटर राज सुब्बाले स्वागत गर्दै इलेक्ट्रोनिक सामानका आवश्यक सामग्रीहरु किन्न अब अन्य शहर धाईरहनु नपर्ने बताउँदै सुलभ मुल्यमा सामान हाम्रो बजारबाटै प्राप्त गर्न सकिने बताए । सञ्चारकर्मी राजन सम्पाङले कार्यक्रमको सञ्चालन गरेका थिए ।