राजमुपाले गर्याे प्रतिबद्धता सार्वजनिक « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

राजमुपाले गर्याे प्रतिबद्धता सार्वजनिक


यलम्वर टाइम्स
२४ जेष्ठ २०७४, बुधबार ०७:४९

Janmuktiflagजेठ  / राष्ट्रिय जनमुक्तिपार्टी सिद्धार्थनगरले अगामी असार १४ गते हुने स्थानीय तह निर्बाचनको २३ बुदें प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

आज भैरहवामा पत्रकार सम्मेलन गरि घोषणा पत्र तथा सिद्धार्थनगरको उम्मेदवारको घोषणा गरेका छन् । सिद्धार्थनगरमा मेयर पदका लागि कृष्ण बहादुर गुरुङ, उपमेयरमा सिमा थापा गुरुङ चयन भएका छन् । त्यस्तै वडा नं. १ का लागि दिपेन्द्र पौडेल, ३ मा साकिर अलि, ४ मा इन्सान अलि, ६ मा राम बहादुर थापा मगर, ७ मा हेमा गुरुङ, ८ मा सुजित थापा, ९ मा मायादेवी सुर्यवंशी, १२ मा केसरी राना मागर, १३ मा नन्दा गुरुङ रहेका छन् भने वडा नं. २, ५, १० र ११ वडामा भने अध्यक्षको टुङ्गो लागेको छैन ।

कार्यक्रम जनमुक्ति पार्टीका केन्द्रिय सदस्य सूर्यकुमार सारु मगरको अध्यक्षता, मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यको आतिथ्यतामा सम्पन्न भएको थियो ।

राष्ट्रिय जनमुक्तिपार्टी सिद्धार्थनगरले यस्तो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

१) जनमुक्तिको शासन, भ्रष्टाचारमुक्त प्रशासन नगरपालिकाको रुपमा नेपालमै नमूना नगरपालिका बनाइनेछ । सिद्धार्थनगर नगरपालिकाको ऐतिहासिक महत्वलाई व्यवहारमा नै गौरवान्वित हुने अवस्थाको नगर निर्माण गरिनेछ ।

२) हरेक नागरिकलाई आफ्नो क्षेत्रको विकासको अपनत्व महशुस गराउन ‘सम्बृद्ध नगरपालिकाको लागि मेरो योगदान’ अभियान चलाइनेछ ।

३) यस नगरपालिकामा निर्माण भएका र हुने सबै मुख्य तथा साहयक सडकहरु सुविधायुक्त अपाड्ड मैत्री बनाउनेछौ ।

४) खानेपानीका सबै समस्याहरु सहज ढङ्गले समाधान गरिनेछ ।

५) फोहोर व्यवस्थापनलाई समस्याका रुपमा राखिने छैन । सबै वडामा फोहोर व्यवस्थापन समिती बनाइने छ ।

६) वडा नम्बर ९, १२ र १३ मा नगर को आर्थिक सहयोगमा आन्तरीक र बाह्य पर्यटकहरुको लागि होम स्टे सन्चालन गरिने छ ।

७) सिद्धार्थनगरलाई ब¬द्धनगरीको हिसाबले विकास गरिने छ । बेलैहिया देखि एयरपोर्ट सम्म बुद्ध जिबनी झल्कने बुद्धको मुर्तिहरु बनाइने छ ।

८) मानब बेचबिखन मा परेकाहरु लाई सम्मान पुर्बक पुर्नस्थापितको व्यवस्था गरिने छ।

९) नगर भित्रका सडक तथा अनाथ बालबालिकाहरु लाई खान, बस्न र शिक्षाको व्यवस्था गरिने छ। साथ साथै वृद्ध वृद्धाहरुको लागि व्यवस्थित आवास गृह बनाईने छ ।

१०) बाल बिवाह र लागु औषध मुक्त नगर बनाइने छ । साथै लैङ्गिक बिभेद र महिला हिंसाको अन्त गरिने छ ।

११) यस नगरमा विद्युतीय समस्यालाई पूर्ण रुपमा समाधान गरी ‘लोडसेडिङ्ग मुक्त नगरपालिका’ बनाईनेछ । साथै सबै वडाका सडकहरुमा सौर्यबत्ति जडान गरिने छ । १३२ केबि बिध¬तिय लाईन लाई भैरहवा सम्म ल्याउने जोडदार पहल गरिने छ ।

१२) यस नगर भित्र अब बन्ने सबै सरकारी भवन, सिनेमा हल, सडक, हस्पिटल, आदी अपाड्ड मैत्रि बनाईने छ ।

१३) प्रत्येक वडामा एम्बुलेन्स तथा नगरपालिकामा शव वाहान को ब्यबस्था गरिने छ । स्वर्गद्धारी घाटलाई आध¬निक रुपमा ब्यबस्थित गरिने छ ।

१४) पक्लिहवा देखि गुनहिया सम्म डण्डा खोलाको दुबै तर्फ हरियाली सहीतको सडक निर्माण बनाईने छ ।

१५) हरेक वडामा व्यवस्थित स्वास्थ्य चौकी निर्माण गरी आवश्यक कर्मचारीको व्यवस्था गरिनेछ । नगर क्षेत्रमा रहेका सरकारी एवं नीजि अस्पतालहरुलाई पूर्ण रुपमा सेवा प्रदायक बनाईनेछ । नीजि मेडिकलहरुलाई सर्वसुलभ र सेवा प्रदायक बनाउन प्रेरित गरिनेछ ।

१६) वडा नम्बर १२ शान्तीनगर स्थित स्वर्गद्धारी घाट अत्याधुनिक तरिकाको ब्यबस्थित गरिने छ, साथै मुस्लिम समुदायहरुका लागि कब्रिस्थान र ईशाइ धर्मालम्बीहरुको लागि समाधि स्थलको ब्यबस्था गरिने छ ।

१७) भिम हस्पिटललाई आधुनिक सुबिधा सम्पन्न सहित ब्यबस्थित प्रस्तुति गृह बनाइने छ ।

१८) छाडा चौपायहरुको लागि कान्जीहाउस बनाई आम्दानीको स्रोत बनाइने छ ।

१९) बिभिन्न प्रयोजनको लागि प्रयोग हुने गरि भैरहवा मण्डपको ब्यबस्था गरिेने छ ।

२०) प्रत्येक वडा र नगरको मध्य भागमा सार्बजनिक आधुनिक शौचालय बनाइने छ ।

२१) बेलहीया बसपार्क लाई आधुनिकरुपमा व्यवस्था गरिनेछ ।

२२) नगरमा बस र ट्रक पार्कको ब्यबस्था गरिने छ ।

२३) सार्वजनिक सेवाका यातायातहरु सुविधायुक्त बनाउन कडा निगरानीको व्यवस्था गरिनेछ । बृद्ध, महिला र अशक्तहरुका लागि छुट्टयाईएका सीटहरु निजहरुका लागि के कति सुरक्षित गरिएको छ भन्ने बारेमा कडा निगरानी गरिनेछ ।