अर्जुनधारा / दुवै मिर्गौला पीडित मदन बराललाई हङकङ समाजबाट १ लाख ५१ हजार सहयोग भएको बताएका छन् ।
अर्जुनधारा–१ सातकटेरी निवासी बराललाई झापा हङकङ समाजका अध्यक्ष छत्र सुब्बा र सुनिता फागोको संयुक्त सहयोगमा उक्त रकम प्रदान गरिएको हो । बराल ओम साई पाथिभरामा डाइलोसिस गर्दै बसेका छन् ।
चार वर्ष अघिदेखि थलिएका बरालका श्रीमती र दुई छोरा रहेको उनका सहयोगी डेगेन्द्र आचार्यले बताए ।