निराजन शरन
Shaken Baby Syndrome जसलाई abusive head trauma पनि भनिन्छ । यो एक प्रकारको serious brain injury हो । जुन बच्चालाई forcefully हल्लाउदा वा टाउकोमा बेसरी कुट्नको कारणले गर्दा हुन्छ ।
बच्चाहरुको घाँटीको मांसपेसी कमजोर हुन्छ र दिमाग अविकसित भएको कारणले कयात हुन्छ । उनीहरुको रक्तनलीहरु पनि delicate हुन्छ । बच्चालाई जोडले हल्लाउदा brain repeatedly skull मा ठोकिन जान्छ जसको कारण रक्त नलीहरु फुटेर रक्तश्राव हुने र मष्तिक सुनिने हुन्छ । जसको कारणले आँखाको दृष्टिसम्म जान सक्छ । सर्वेक्षण अनुसार कम्तीमा २० प्रतिशतसम्म यस लक्षण भएको बच्चाहरुको दृष्टि अल्प रुपमा वा पूर्ण रुपमा गएको देखिन्छ जसको कारण मष्तिस्कमा प्रत्यक्ष असर परेर हो । र २५ प्रतिशत बच्चाको ज्यान समेत गएको अध्यपनले देखाएको छ ।
Shaken Baby Syndrome प्रायः जसो २ वर्ष मुनीका बच्चाहरुमा देखिन्छ । तर यसको असर ५ वर्ष मुनीको बच्चालाई पनि पर्न सक्छ । विशेष गरी ६ देखि ८ हप्ताको बच्चाहरु धेरै रुने भएकोले यति बेलाको बच्चाहरुमा यसको असर धेरै देखा पर्दछ ।
Shaken Baby Syndrome साधरणतया बच्चालाई काखमा राखेर हल्लाउँदा, खेलाउँदा वा उर्फादा, सानो तिनो चोटपटकबाट र लडेर हुँदैन । एकोहोरो रोइरहेको बच्चालाई रिसले चूप लगाउदा वा intentionally बच्चामाथि रिस पोख्ने नियतले साह्रो हल्लाउदा मात्र यस्तो लक्षण देखा पर्छ ।
लक्षणहरु
बच्चाको शरीरमा पुगेको क्षतिको हिसाबले लक्षणको गम्भीरता अलग–अलग हुन सक्छ :
– बच्चाले धेरै झर्को मान्नु
– बच्चलाई जागी रहन गारो हुन्छ
– श्वासप्रश्वासमा समस्या
– कम्पन हुन्छ
– खना पिउना नरुचाउनु
– मुर्छा पर्नु
– पक्षघात हुनु
– आँखाको बाहिरी सतहमुनी रक्तश्राव हुनु सक्छ ।
– डराउने बानी हुनु
अन्य लक्षणहरु :
यस्ता लक्षणहरु बाहिर देखा पर्दैन । तर यसले भित्री रुपमा समस्या गराई रहेको हुन्छ ।
– मष्तिस्क र आँखा भित्र रक्तश्रव हुने
– मेरु ढण्ड र घाँटीलाई damage गर्ने
– करङ्ग (छातीको हड्डी) ,खप्परको हड्डीहरु Fracture हुने
यस रोगबाट हुने जटिलताहरु :
रिसले मात्र केही सेकेण्ड (५सेकेण्ड) बच्चालाई हल्लाउदा अपरिवर्तनीय रुपमा irreversible मष्तिस्कमा असर परी बच्चाको ज्यानसम्म पनि जान सक्छ ।
यो लक्षण देखापरेको बच्चा जति बाँच्छन् उनीहरु पनि जीवनभर स्वास्थ्य रुपमा रहन सक्दैन र सदैव निम्न स्वास्थ्य समस्याको निम्ति परिवारलाई बोझ बनि रहेका हुन्छन् ।
– आंशिक वा पूण रुपमा अन्धो हुनु ।
– कान नसुन्ने हुनु
– शरारीक विकासमा ढिलाई हुनु
– मानसिक विकास नहुनु
– मुर्छा पर्ने
– पक्षघत (cerebral palsy)
– Test & Diagnosis
– Eye check-up
– CT scan
– MRI
– X-Ray
– Blood Test
PREVETION
आफ्नो बच्चाहरुलाई राम्रो व्यवहार गर्नुपर्छ । बच्चामाथि रिस देखाउनु हुँदैन । बच्चा धेरै रोइरह्यो भने रुनुको अरु कुनै कारण हुनसक्छ । बच्चालाई हल्लाएर चुप लगाउन नखोज्नुहोस् ।
एक क्षणको आवेगमा आएर बच्चालाई जोडले हल्लाउँदा उसलाई कहिल्यै निको पार्न नसक्ने रोग लाग्न सक्छ । उसको मष्तिस्कलाई क्षति पु¥याउन सक्छ । त्यसकारण यस्तो काम नगरौँ ।
बच्चा हेर्ने मान्छेलाई Shaken Baby Syndrome को जटिलता र त्यसले पार्न सक्ने असरहरुको बारेमा राम्रोसँग ज्ञान दिनु आवश्यक छ ।
लेखक शरन मेची नेत्रालय काँकरभिट्टामा कार्यरत् छन् ।