जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग


यलम्वर टाइम्स
१८ श्रावण २०७४, बुधबार ०९:१२

बिर्तामोड / बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले  नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन्  ।
पत्रकार महासंघका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई शिवाकोटीले आफ्नो ४७ औं जन्मोत्सव कार्यक्रमकाबीच आज बुधबार बिर्तामोडमा उक्त रकम प्रदान गरे । बिर्तामोड १ निवासी शिवाकोटी अञ्जली ओभरसिजको सञ्चालक रहनुका साथै सामाजिक र धार्मिक कार्यमा समेत सक्रिय छन् ।
बिरामी तथा घाइते भएको अवस्थामा पत्रकारको उपचारमा सहयोग पुर्याउन रकम प्रदान गरेको शिवाकोटीले बताए । जन्म दिनमा पुनित कर्म गर्ने मनसायले यो सानो सहयोग सुरुवातमात्र भएको बताउदै शिवाकोटीले पत्रकार उपचार कोषको लक्ष्य पूरा गर्न निरन्तर र महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पत्रकार महासंघले १ करोड रुपैयाँको उपचार कोष बनाएर त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान अन्तर्गत हाल २९ लाख रुपैयाँ बढी संकलन भएको छ । उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले जानकारी दिए ।
शिवाकोटीको जन्मोत्सव समारोहमा अञ्जलि ओभरसिजका निर्देशक ज्ञानु प्रसाईले स्वागत र राजन ढुंगेलले सञ्चालन गरेका थिए ।