पाँचथरको फालेलुङमा भीषण पहिरो, ४ जनाको मृत्यु « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

पाँचथरको फालेलुङमा भीषण पहिरो, ४ जनाको मृत्यु


यलम्वर टाइम्स
२७ श्रावण २०७४, शुक्रबार १२:५२

 पाँचथर /

पाँचथरको फालेलुङ गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण शुक्रबार गएको पहिरोले घर पुरिँदा फालेलुङ १ को कुटीडाँडाका ८३ वर्षीया त्रिलोचन विकको मृत्यु भएको छ । उनको शव नेपाली सेनाले पहिरोग्रस्त क्षेत्रबाट निकालेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलका अनुसार घरमाथिबाट खसेको पहिरोले उनको २ वटा घर पुरिएको र २ घरमा पनि पूर्ण क्षति पुगेको छ ।

सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मेमेङ-पञ्चमुखी–ताङलेपा पावर हाउसमा गएको पहिरोले पुरिएर स्थानीय विष्णुभक्त राई, गंगा राई र पार्थ राईको मृत्यु भएको छ ।

उनीहरुको शव पुरिएको अवस्थामा रहेको र खोजी कार्य भइरहेको डिएसपी पोख्रेलले जानकारी दिए। सोही पहिरोमा परी एकजना वृद्धा भने सामान्य घाइते भएकी छन् ।

पहिरोग्रस्त क्षेत्रमा नेपाली सेनाको उद्धार टोली केहीबेर अगाडि पुगेर उद्धार कार्य थालेको  छ ।