तीन वृद्ध अझै भेटिएनन् « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

तीन वृद्ध अझै भेटिएनन्


यलम्वर टाइम्स
३१ श्रावण २०७४, मंगलवार ०७:३७

मोरङ ।

मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् ।

बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् ।

बूढीखोला पूर्वतर्फ रहेको मन्दिर बाढीले बगाउँदा बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेको र खोजीकार्य भइरहेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रका १६३ घर डुबानमा परेका थिए ।