विरिङ खोला निरीक्षणमा नगर प्रमुख राना « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

विरिङ खोला निरीक्षणमा नगर प्रमुख राना


यलम्वर टाइम्स
१० भाद्र २०७४, शनिबार ०४:१४

अर्जुनधारा । 

अर्जुनधाराका नगर प्रमुख हरिकुमार राना बिरिङ खोलाको कटानलाई निरीक्षण गर्न पुगेका छन् ।

अर्जुनधारा क्षेत्रमा बाढीले बाटो तथा पैनी भत्काएर तिव्र कटान गरेपछि राना सबै क्षेत्रको निरीक्षण गर्नका साथै विरिङ खोलाको क्षति बुझ्न पुगेका हुन् । बाटो, पुलपुलेसो भत्किएको ठाउँमा पुरुवा हालेर हिड्न सक्ने बाटो बनाउनको लागि प्रमुख राना विरिङ नदीको बालुवा गिटी, निकाल्न उपयुक्त छ कि छैन ? भनेर गाउँले जनतासँग बुझ्न र खोलाले कटान गरेको क्षेत्र निरीक्षण गर्न गएका हुन् ।

प्रमुख रानासँग नगर अधिकृत राधाकृष्ण खतिवडा, वडा नं. ७ का अध्यक्ष नविन ढुंगाना, वडा नं. ४ का दुर्गाप्रसाद दाहाल, वडा नं. १ का गजाधर खतिवडा र वडा नं. ५ का ध्यानबहादुर भारती र इन्जिनीयर निरज अधिकारी र छविरमण शिवाकोटी थिए ।

असारदेखि असोज १ गतेसम्म खोलाका सामग्री निकाल्न प्रतिबन्द भएतापनि विरिङ खोलको पुललाई बालुवा र गिटीले धक्का दिएर पुललाई क्षति पुग्नका साथे त्यसका आसपासमा कटान हुने देखिएको हुँदा पुल छेउका सामग्री निकाल्न मिल्छ कि भनी स्थानीय जनतासँग छलफल गरेका थिए ।

स्थानीय जनताले वारिपारी दुवै क्षेत्र तटबन्धन गराई अप्ठ्यारो हुने ठाउँबाट खोला सामग्री निकाल्न सकिने बताएका थिए ।
अघिल्लो वर्ष पुललाई धक्का दिन्छ भनी पुल छेउका खोला सामग्री जिविसले निकालेको थियो ।