दुई विद्यार्थी गाँजा सहित पक्राउ « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

दुई विद्यार्थी गाँजा सहित पक्राउ


यलम्वर टाइम्स
१६ भाद्र २०७४, शुक्रबार १२:५२

बरामद गरिएको गाँजा र गाँजा सेवन गर्न बनाइएको वाटरगन ।

[सन्देश सुब्बा]

पाँचथर / सदरमुकाम स्थित फिदिम माध्यमिक विद्यालयको कक्षा–८, मा अध्ययनरत दुई विद्यार्थी गाँजा सहित पक्राउ परेका छन् ।

उनीहरुलाई फिदिम नपा–१, स्थित जल्पादेवी मन्दिर परिषरबाट बुधबार राति आठ बजे गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थीहरु अन्दाजी १४ र १५ वर्षिय रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट केही गाँजा र गाँजा सेवन गर्न बनाइएको वाटरगन समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुबै जना वालक भएकाले अभिभावक बोलाई सम्झाइ–बुझाइ गरेर जिम्मा लगाएको प्रहरीले जनाएको छ ।