उपभोक्ता मारमा परेको भन्दै अदालतद्धारा निषेधाज्ञा परमादेश जारी, महशुल अनिवार्य तिुर्न पर्ने प्राधिकरणको भनाई « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

उपभोक्ता मारमा परेको भन्दै अदालतद्धारा निषेधाज्ञा परमादेश जारी, महशुल अनिवार्य तिुर्न पर्ने प्राधिकरणको भनाई


यलम्वर टाइम्स
१७ भाद्र २०७४, शनिबार १०:०६

[सन्तवीर लामा]

धनकुटा / उच्च अदालत विराटनगर धनकुटा इजालसले विधुतको महशुल नियमति वुझाउँदै आएको स्थितमिा पुरक युनिट वापत भनी उपभोक्ता मार्फत विधुत प्राधिकरण धनकुटाले थप रकम माग गरेको भन्दै प्राधिकरण विरुद्ध निषेधाज्ञा मिश्रित परमादेश शुक्रवार जारी गरेको छ ।

धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं.७ वस्ने नयनप्रसाद राईले आफु पक्ष भै नेपाल विधुत प्राधिकरण वितरण केन्द्र धनुकटा, केन्द्रका इन्जिनियर ध्रुव कार्की र साँगुरीगढी क्षेत्रका मिटर रिडर वरदान कुमार राईलाई विपक्ष वनाई विहिवार उच्च अदालत धनकुटा इजलासमा मुद्धा दायर गरेका थिए । राईले दायर गरेको मुद्धा माथि शुक्रवार माननिय न्यायधिस प्रकाशचन्द्र गजुरेलको एकल इजलासले निवेदकको माग वमोजिम किन आदेश जारी गर्न नपर्ने हो ? आधार, कारण र प्रमाण भए बाटाको म्याद वाहेक १५ दिन भित्र लिखित जवाप  पेश गर्न भनिएको छ ।

आदेशमा विधुतको महशुल वुझाउँदै आएको स्थितीमा पुरक युनिट वापत भनी थप रकम माग गरेको देखिँदा सुविधा र सन्तुलनको दृष्ट्रिकोण समेतवाट प्रश्तुत् मुद्धाको अन्तिम निर्णय नभएसम्मको लागी निवेदकको नाममा जडान भएको विधुत लाईन नकाट्न भनीएको छ ।

विपक्षीको नाममा उच्च अदालत नियामवली २०७३ को नियम ४२ (१) वमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख छ । पिडत उपभोक्ता वादीको पक्षवाट कानुन् व्यावसायी लाखमान राईले वहस पैरवी गरेका थिए ।  उपभोक्ताहरुले ०७४ असार मसान्तसम्म नियमित विधुत महशुल तिरिहँदा पनि हरेक उपभेक्ताको नाममा लार्खौ पुरक युनिट वापत भनी थप रकम विधुत प्राधिकरणले माग गरेकाले वाध्य भएर न्यायको खोजीमा लागेको वादी नयन प्रसाद राईले बताएका छन् ।

उनले ०७४ असार मसान्तसम्म नियमित विधुत महशुल तिर्दा पनि लाखौं रुपयाँ बाँकी देखाए पछि आफूहरु विधुत प्राधिकरणमा गएर बुझ्दा अनिवार्य तिुर्न पर्ने बताए पछि न्यायको खाजी हिड्नु परेको बताएका छन् ।  विधुत प्राधिकरणले सागुरीगढी गाउँपालिका वडा नं.९ का नरजित राईको असार मसान्तसम्मको नियमित महशुल बुझाउँदा पनि विधुत प्राधिकरणमा वाँकी रकम ९४ हजार, मोहन कुमार राई ४८ हजार, लाख वहादुर राई २५ हजार, नरवहादुर राई ३० हजार, साँगुरीगढी वडा नं.७ का जगत वहादुर राईको नाममा १ लाख, ५० हजार, साँगुरीगढी वडा नं.८ का युवराज खुलालको नाममा ५२ हजार, बालकुमार राईको ७४ हजार ०७३ चैत्र मसान्तसम्म विधुत महशुल तिर्न बाँकी रहेको जनाएको पिडित नरजीत राईले बताए ।

आहाले–८ हाल साँगुरीगढी गाउँपालिका वडा नं.९ का नरजित राईले भने आफ्नो नाममा ९४ हजार बाँकी देखिए पछि किस्ता बन्दीमा तिर्दै आएको बताउका छन् । उनले हरेक महिना ५ हजारको दरले ३ महनिा देखी नियमित किस्ता रकम विधुत प्राधिकरण धनकुटामा बुझाउँदै आएको बताएका छन् ।

सो सम्वन्धमा नेपाल विधुत प्राधिकरण धनकुटा शाखाका लेखापाल दिपक गुरुङ्गले भने साागुरीगढी क्षेत्रको मिटर रिडरले राम्रोसंग मिटर रिडिङ्ग नगरेको कारण यस्तो समस्या आएको बताउका छन् । उनले यस्तो अनियमितता गरि काम गर्ने कर्मचारी छिन्ताङ्ग घर भएका सुदिप राई लगायतलाई कार्वाही गरि जिम्मेवारीबाट निकालि दिएको बताए ।