कात्यानी दुर्गा शक्तिपीठ शनिश्चरेमा बलीको सट्टा नरिवल जर्लापर्ण « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

कात्यानी दुर्गा शक्तिपीठ शनिश्चरेमा बलीको सट्टा नरिवल जर्लापर्ण


यलम्वर टाइम्स
७ आश्विन २०७४, शनिबार ०४:४१

अर्जुनधारा । कात्यानी दुर्गा शक्तिपीठमा बलि प्रथाको साट्टा नरिवल जर्लापर्ण गरेर भव्य दुर्गा पूजा गरिँदै आएको छ ।

मन्दिरको स्वरुप परिवर्तनसँगै दुर्गा भगवती माथि विश्वास गर्नेहरु दशैं भरी सत्चण्डी पाठ पूजा गर्दै विजयादशमीलाई स्वागत गर्ने काम भईरहेको छ । ५ गते घटस्थापनाका दिनदेखि सत्चण्डी पाठ र जमरा राख्ने काम भएको हो । यस वर्ष झण्डै ३५० ले जमरा राखेर शक्तिपीठको विश्वास बढाउने काम गरेका छन् ।

छुट्टै जमरा घर बनाएर राखिएको र राखिएका जमरालाई हेरचाह अध्यक्ष कमलप्रसाद प्रधानाङ्ग आफै जुटेको बताए । हुन त प्रधानाङ्गकै सक्रियतामा मन्दिरको स्वरुप पूरै परिवर्तन भएको छ भने अतिथि सदन निर्माणका लागि पनि प्रधानाङ्ग जुटिरहेका छन् ।

पूर्वको दुर्गा शक्तिपीठको रुपमा प्रचलित दुर्गा मन्दिर १९५६ मा स्थापना भई १९८० बाट पूजापाठ र मन्दिर स्थापना भएको हो । जीर्ण मन्दिरलाई कलाकौशलता पूर्वक निर्माण भईसक्दा निर्माण समितिलाई धन्यवाद सबैले दिएका छन् । उक्त मन्दिर निर्माणको लागि ९५ लाख खर्च भईसकेको समेत अध्यक्ष प्रधानाङ्गले बताए ।

२०६७ सालबाट समाजसेवी चन्द्रकला भण्डारीको अगुवाईमा चण्डी पाठ सुरु भएपछि संकलित रकम बैंक मार्फत अगाडि बढ्दा सबैको विश्वासबाट दुर्गा शक्तिपीठको मन्दिर निर्माणमा सहयोग पुगेको बताइन्छ । सहयोगी दाताहरुको नाम, थर र रकम सचिवालयको भित्ताभरी शिलापत्रमा उल्लेख छ ।

नवदुर्गा पूजापाठ अन्तर्गत ११ गते बुधबार फूलपाति भव्य रुपमा भित्र्याउने अभियान रहेका अध्यक्ष प्रधानाङ्गले बताए भने अष्टमीका दिन राती काली पूजा भव्य गरिने र उक्त पूजाको संयोजना सुरेन्द्र शाहबाट हुने सहसचिव लीला राईले बताईन् ।

यसरी नै सिंहबाहिनी मन्दिर रातेखाल, दुर्गा पाञ्चायन मन्दिर रमाइलो बस्ती, बिन्दाबासिनी मन्दिर भाङबारी, दुर्गा मन्दिर जरुवा बस्ती, शितलादेवी मन्दिर हात्तीकिल्ला, जलकन्या कालिस्थानमा भव्य दुर्गा पूजापाठ भईरहेको छ ।