कुकुरलाई निःशुल्क बन्धाकरण « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

कुकुरलाई निःशुल्क बन्धाकरण


यलम्वर टाइम्स
१३ कार्तिक २०७४, सोमबार ०९:०६

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रमा रेविज रोग नियन्त्रणको लागि निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरिएको छ भने सोमबारबाटै कुकुरलाई बन्धाकरणको निःशुल्क शिविर सुरु भएको छ ।

पशु सेवा केन्द्र अर्जुनधाराको कटहर डाँडामा आयोजित शिविरलाई सम्बोधन गर्दै जिल्ला पशु कार्यालयका प्रमुख डा. माधव दाहालले यस्तो खालको शिविरबाट रेविज रोगलाई नियन्त्रण गर्नका साथै पशु अधिकार सुनिश्चित हुने बताए । प्रमुख अतिथि समेत रहेका डा. दाहालले सबै गाउँपालिका वा नगरपालिका बिच समन्वयता कायम राख्दै रेविज रोग फैलिन नदिनको लागि शिविर आवश्यक भएको बताए ।

हार्ट नेपाल पोखराको सहयोगमा भएको शिविरमा ५० वटा भन्दा बढीको बन्धाकरण गरिएको थियो । कार्यक्रममा हार्ट नेपालका प्रमुख खगेश्वर भट्टराई, पशु सेवा केन्द्र अर्जुनधाराका पदम राई, नगर उपप्रमुख कमला आचार्य, कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, नेता हरिप्रसाद दाहाल, भरतसिंह राई, देवकला प्रसाई, लभकुश गिरी, भुपेन्द्र न्यौपाने, दिलीप राई, समाजसेवी पुष्प रेग्मी, डिल्लीराम दाहाल, रामप्रसाद भट्टराई, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतले मन्तव्य राखेको नगरपालिकाका कार्यक्रम सञ्चालक खगेन्द्र लिङ्देनले जानकारी दिए ।

नगरप्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वडाबाट कुकुरलाई बन्धाकरण गर्न गाडीमा ल्याइएको थियो भने वडा नं. ५ बाट वडा अध्यक्ष ध्यानबहादुर भारतीले २० भन्दा बढी गाउँमा पालिएका कुकुरहरु ल्याएका थिए । बन्धाकरणको प्राविधिकमा हार्ट नेपालका डा. विकास श्रेष्ठको टोली बन्धाकरणमा खटिएको थियो । शिविर एक साता रहने जनाइएको छ । उक्त टोलीले १४ गते वडा नं. २ र ३, १५ गते १ र ४, १६ गते ७, १७ गते १०, १८ गते ८ र ११, र १९ गते ९ र ६ मा रेविज खोपको आयोजना गरिने भएको पशु केन्द्रका प्रमुख पदम राईले जानकारी दिए ।