अर्जुनधारामा सरसफाई « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारामा सरसफाई


यलम्वर टाइम्स
१९ कार्तिक २०७४, आईतवार ०९:१५

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव तथा ३५ औं वार्षिक अनुष्ठानलाई मध्यनजर गर्दै यस क्षेत्रका विभिन्न संघसंस्थाले आईतबार संयुक्त रुपमा बजार सरसफाई गरेका छन् ।

कात्र्तिक २१ गतेबाट सुरु भई मंसीर १ गते बालाचर्तुदशीका दिन समापन हुने गरी गर्न लागिएको वार्षिक अनुष्ठानमा देशविदेशबाट भक्तजनहरु आउने हुँदा धामलाई सफा र सुन्दर राख्नको लागि सरसफाई गरिएको हो ।

सरसफाई शनिश्चरे बजारको देवकोटा चोकदेखि धाम परिषरसम्म गरिएको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बजार र मन्दिरलाई सफा राख्दै ट्राफिक व्यवस्थापनको लागि सडकको छेउछाउमा पसल नराखिदिन पनि अनुरोध गरेका थिए ।

अर्जुनधारा वाणिज्य संघको अगुवाईमा भएको सरसफाई कार्यक्रममा अर्जुनधारा नगरपालिका, अर्जुनधारा वाणिज्य संघ, अर्जुनधारा जेसीज, अर्जुनधारा प्रेस क्लब, ज्येष्ठ नागरिक मिलन समाज, प्रहरी चौकी शनिश्चरे लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो ।