पूर्वाञ्चल दैनिकद्धारा मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार घोषणा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

पूर्वाञ्चल दैनिकद्धारा मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार घोषणा


यलम्वर टाइम्स
२३ मंसिर २०७४, शनिबार ०१:५९

बिर्तामोड । श्रीअन्तु प्रकाशन प्रालिमार्फत झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले स्व. मदन ढकाल स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
पूर्वाञ्चलको प्रधान सम्पादकमा वहाल रहेकै बेला ढकालको ०७३ मंसीर २३ गते ६४ बर्षको उमेरमा निधन भएको थियो ।
नेपाली पत्रकारिता र पूर्वाञ्चल दैनिकमा पु¥याएको योगदानको कदर स्वरुप ढकालको सम्मानमा पुरस्कार स्थापना गरिएको पत्रिकाका प्रकाशक भरतलाल गिरीले जानकारी दिए ।
नगदसहितको उक्त पुरस्कार यसै बर्षबाट बर्षेनि अग्रज र उत्कृष्ट पत्रकारमध्येबाट एक जनालाई प्रदान गरिने पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले जानकारी दिए ।
सम्पादक गिरीका अनुसार स्व. ढकाललाई मरणोपरान्त यसै बर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिनेछ । उक्त सम्मान स्व. ढकालकी श्रीमती सावित्रा र परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिनेछ ।
केही समयभित्रै पूर्वाञ्चल दैनिकले गर्ने २३औं बार्षिकोत्सव समारोहमा उक्त पुरस्कार र सम्मान प्रदान गरिने पूर्वाञ्चलका व्यवस्थापक चन्द्रकान्त ढकालले बताए । मंसीर १ गतेबाट पूर्वाञ्चल दैनिक २३ बर्षमा प्रवेश गरेको हो । साहित्य र पत्रकारितामा पाँच दशक व्यथित गरेका ढकालले पूर्वाञ्चलमा डेढ दशक सेवा गरेका थिए ।
ढकालको प्रथम वार्षिक पुण्य स्मृति तथा पूर्वाञ्चल दैनिक २३ वर्ष प्रवेशको सन्दर्भमा पुरस्कार घोषणा गरिएको हो ।