युवाहरुलाई स्वदेशमै रोजागर दिने नीति ल्याउन आवश्यक « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

युवाहरुलाई स्वदेशमै रोजागर दिने नीति ल्याउन आवश्यक


यलम्वर टाइम्स
८ माघ २०७४, सोमबार ११:४७

अर्जुनधारा । सहारा नेपालका प्रबन्धक महेन्द्र गिरीले युवा शक्तिलाई स्वदेशमा नै रोजगार दिने नीति उत्पादन गरी सरकारलाई सन्देश दिन जेसिजलाई अनुरोध गरेका छन् ।

सोमबार अर्जुनधारा जेसिजको छैटौं साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट गिरीले उच्च शिक्षा हासिल गरेका हजारौं युवाहरु खाडी मुलुकमा गएर श्रम गरिरहेको हुँदा त्यस्ता १८ देखि ४० वर्षसम्मका क्रियाशिल युवाहरुलाई स्वदेशमा नै रोजगार दिलाउने नीति ल्याउन जेसिजलाई आग्रह गरेका हुन् ।

उनले छोटो समयमा नै अर्जुनधारा जेसिजले उच्च स्थान ओगट्न सफल भएको हुँदा आउने दिनमा आफू अर्जुनधारा जेसिजलाई सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि ज्येष्ट नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईले जेसिज समाजसेवी युवाहरुको संस्था भएको बताउँदै जेसिजको हरेक क्रियाकलाबाट आफू प्रभावित भएको बताए ।

अर्जुनधारा जेसिजका कानूनी सल्लाहकार हिरालाल श्रेष्ठ किरणको संयोजकत्व तथा अध्यक्ष प्रल्हाद ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इन्दिवर खड्का, वर्ष ०१५ का अध्यक्ष दिपीन राई, वीरता जेसीजका सञ्जु भारती, महिला नेतृ कुसुम राई, सरस्वती सिटौला, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष तथा संस्थापक महासचिव कुमार भट्टराई, नगर सदस्य सुशिला सुवेदी, शंकर सुवेदी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

उपाध्यक्ष भास्कर भट्टराईले आस्था वाचन गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै स्वागत वर्ष ०१६ का अध्यक्ष शार्दुलहाङ ओलीले गरेका थिए भने मानार्थ सदस्य चतुर्भुज काफ्ले, वडा नं. ७ का वडाध्यक्ष नविन ढुंगाना, वीरता लेडी जेसिजका नैनाकला भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

महासचिव राघव थापाको सञ्चालनमा भएको कार्यक्रममा नयाँ कार्य समिति निर्माणका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरुलाई वर्ष ०१५ का अध्यक्ष दिपीन राई र संस्थापक अध्यक्ष इन्दिवर खड्काले तालिम प्रदान गरेका थिए । तालिम पछि उम्मेद्वारहरु बिच ककस कार्यक्रम भएको थियो ।

वर्ष ०१८ हाक्न नयाँ नेतृत्व भने मंगलबार विहानसम्ममा आइसक्ने निर्वाचन आयोगका सदस्य चन्द्र राना लाफाले जानकारी दिए ।