अर्जुनधारा जेसिजको नेतृत्व देवलाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा जेसिजको नेतृत्व देवलाई


यलम्वर टाइम्स
९ माघ २०७४, मंगलवार ०८:१८

अर्जुनधारा । अर्जुनधारा जेसिजको छैटौ साधारणसभाले वर्ष ०१८ हाँक्नका लागि अजयकुमार देवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार आफ्नै भवनमा भएको साधारणसभाले कार्यकारी उपाध्यक्षद्वयमा टीकाराम गौतम, भास्कर भट्टराई, महासचिव देवेन्द्र मैनाली, कानूनी सल्लाहकार सुरेश थापा, कोषाध्यक्ष जीवन खनाल, उपाध्यक्षहरुमा निर्मल काफ्ले, विकास थापा, निशा तामाङ, उज्वल खरेललाई सर्वसम्मत चयन गरेको छ । त्यसरी नै सचिवमा राजन साम्पाङ राई, जनसम्पर्क अधिकारी हिरालाल श्रेष्ठ किरण र सहकोषाध्यक्षमा सुमन राईलाई चयन गरिएको निर्वाचन आयोगका सदस्य सचिव चन्द्र राना ‘लाफा’ले बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अजयकुमार देवले युवाहरुलाई एकिकृत गर्दै उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा आफ्नो कार्यकाल केन्द्रीत रहने बताए ।

जेसिजलाई अगाडि बढाउनको लागि कार्यसमितिको पहिलो बैठकबाट संयोजकहरु चयन गरिने नवनिर्वाचित अध्यक्ष देवले बताए ।