बलात्कार आरोपमा युवा पक्राउ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बलात्कार आरोपमा युवा पक्राउ


यलम्वर टाइम्स
२८ माघ २०७४, आईतवार ०७:३३

पाँचथर । एक नौ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको तुम्बेवा गाउँपालिका–३, का एक युवक पक्राउ परेका छन् ।

बलात्कार आरोपमा १८ बर्षिय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले ती नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

लिम्बूले शनिबार बलात्कार गरेका थिए । नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण पछि उपचार गरिएको छ भने ओरोपी लिम्बू उपर म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।