फोनिज झापाको अध्यक्षमा विशाल « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

फोनिज झापाको अध्यक्षमा विशाल


यलम्वर टाइम्स
७ फाल्गुन २०७४, सोमबार ०८:४७

बिर्तामोड । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाको शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट विशाल नेम्वाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा देशराज नेम्वाङ, सचिवमा अमित खम्बू, सहसचिवमा भूमिका सुब्बा र कोषाध्यक्षमा भारती राई चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा एकराज प्रधान, तलू बास्के, तिलक योञ्जन र नरेश गुरुङ चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले नौ जना केन्द्रीय पार्षद् र १३ जना प्रदेश पार्षद् सर्वसम्मत चयन गरेको छ । नौ जना केन्द्रीय पार्षद्हरुमा आनन्द गुरुङ, कमन देवान, कुसुम तामाङ, कृष्ण सिंजाली, गणेशमान मुखिया, दिपेनवाला राई, बुद्ध तामाङ, यज्ञराज आङदेम्बे, रमेश समदर्शी रहेका छन् ।

त्यस्तै प्रदेश पार्षद्हरुमा अनिलदेव राई, डिकेश लामा, दिलकुमार लावती, दिलीप धिमाल, धनकुमार लावती, मञ्जू राई, राजन साम्पाङ, रीतास्मा मुखिया, लीला राई, सचित आनन्द सुब्बा, सुसन राई, सेसेहाङ फियाक, सौरभ मुखिया सुनुवार‘बी’ रहेका छन् ।

समितिका अध्यक्ष गणेशमान मुखियाको अध्यक्षता र फोनिजका केन्द्रीय महासचिव गजुरधन राईको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा स्वागत मन्तव्य समितिकी सदस्य भारती राईले गरेकी थिइन् ।

सोही अधिवेशनको अवसरमा फोनिजले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ र झापा गोल्डकप आयोजक समितिका महासचिव गजेन्द्र पौड्यालले क्रमश एक लाख र ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा फोनिजका केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल संयोजक शाहीमान राई, केन्द्रीय सदस्य इन्द्रजीत मुखिया, केन्द्रीय सल्लाहकार दिपीन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् इन्द्रसिंह राजवंशी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मुक्ति पौड्याल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी, झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बिर्तामोड समन्वय परिषद्का अध्यक्ष गोपाल राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव अमित खम्बूले गरेका थिए ।