उत्तरमा कटान, दक्षिणमा डुबान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

उत्तरमा कटान, दक्षिणमा डुबान


यलम्वर टाइम्स
१२ श्रावण २०७५, शनिबार ०१:५५

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रमा रहेको नदी वा खोल्साबाट जथाभावी खोलाजन्य सामग्री उत्खनन् गरे राजमार्ग उत्तरमा कटान र दक्षिण क्षेत्रमा डुबान हुने कुरा प्रारम्भिक वातावरणीय परीक्षण (आईई)को प्रतिवेदनले प्रस्तुत गरेको छ ।

अर्जुनधारा नगर कक्षमा यस क्षेत्रका राजनीतिक दल, संघसंस्था र निर्वाचित पदाधिकारीबीच भएको छलफलमा कात्र्तिकबाट खोलाजन्य सामग्री उत्खनन् गर्दा आईईको प्रतिवेदन अनुसार उत्खनन् गरे नगरको राम्रो आम्दानी हुने कुरा भू–गर्भ विद् यदुनाथ तिम्सिनाले बताए ।

कार्यक्रममा आईईका प्रमुख वातावरण विद् ज्ञानेन्द्र चौधरीले गत वर्षभन्दा यस वर्ष उत्खनन् गर्ने ठाउँ निकै भएको हुँदा वातावरणलाई असर नपर्ने गरी देखाइएको खोलाको धारबाट खोलाजन्य सामग्री निकाले क्षति नहुने बताए ।

वातावरण विद् चौधरीका अनुसार वैज्ञानिक ढंगबाट सामग्री निकालिए उत्तर–दक्षिण दुवै क्षेत्रका बासिन्दालाई कठिन नहुने बताए ।
कार्यक्रममा वडा नं. १ अन्तर्गत गडी क्षेत्र, पाङ्ग्रे पश्चिम, जयपुर खण्ड, सिस्ने–जयपुर, शान्ति चोक, साधुरटार गरी १३०८६४१५ वर्षिक घनमिटर निकाल्न सकिने ।

यसरी नै विरिङ रमाइलोबस्ती–७, पानीकल–५, प्रजापति–५ बाट बाघेडाँगी–५, टाङटिङ अन्तर्गत सहकारी, ठूलो नेते, चौरासे भिमले, गोयाङ, क्याम्पा, सिंहबाहिनी, खैरेनी, सुखानी आदिबाट उत्खनन् गर्न सकिने आईईले बताएको छ ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले स्थानीय जनतालाई असर नपर्ने स्थानमा ठेक्का लगाउने बताए । कार्यक्रममा बोल्दै प्रमुख रानाले नदीजन्य सामग्री उत्खनन् गर्दा तोकिएको क्षेत्रमा मात्र गर्नुपर्ने बताउँदै यदी कोही कसैले अटेर गरी जथाभावी उत्खनन् गरे नगरपालिका आफैले कानूनी मस्यौदा बनाउँदै कारवाहीको प्रक्रियामा जाने बताए ।