नवदुर्गा भित्तेपत्रिका विमोचन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नवदुर्गा भित्तेपत्रिका विमोचन


यलम्वर टाइम्स
११ भाद्र २०७५, सोमबार ०८:४५

अर्जुनधारा । नगर शिक्षा प्रमुख जानुका गुरागाईले नवदुर्गा भित्तेपत्रिका विमोचन गर्दै यो भित्तेपत्रिका विद्यालयको गहना भएको बताएकी छिन् ।

अर्जुनधारा–४ स्थित नवदुर्गा आधारभूत विद्यालयमा सोमबार विद्यालयका विद्यार्थीहरुद्वारा तयार पारिएको भित्ते पत्रिकाको विमोचन समारोहमा गुरागाईँले उक्त कुरा बताएकी हुन् ।

विद्यालय राम्रो हुँदैमा विद्यार्थीहरु उत्कृष्ट हुँदैनन् । त्यसैले विद्यालयमा फूलबारी, खानेपानी, शौचालयसँगै विद्यालयलाई शोभायमान प्रदान गर्न बालभित्ते पत्रिका आवश्यक भएको हुँदा नवदुर्गा आधारभूतले नवदुर्गा भित्ते पत्रिका निर्माण गरेर विद्यालयको सौन्दर्यता थपेको बताएकी छिन् ।

विमोचन समारोहमा विशेष अतिथि महिला तथा बालबालिका प्रमुख पवित्रा बाँस्कोटाले नगरका विद्यार्थीहरुलाई भित्ते पत्रिका सम्बन्धि प्रदान गरेको प्रशिक्षणको प्रतिफल नवदुर्गा आधारभूत विद्यालयले गरेको बताए ।

कार्यक्रममा अग्रज पत्रकार दिपीन राईले बालभित्ते पत्रकारिता पत्रकारिताको विषयमा प्रवेश गर्ने एउटा बाटो भएको बताउँदै विद्यार्थीहरुको क्षमता र उनीहरुका सृजना भित्ते पत्रिका मार्फत अभिव्यक्त गर्न सकिने बताए ।

नवदुर्गा बाल क्लबका अध्यक्ष डोल्मा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रअ रुद्रप्रसाद खतिवडाले बालभित्ते पत्रकारितालाई निरन्तरता दिने बताए ।

नवदुर्गा बालभित्ते पत्रिकाका सम्पादक डोल्मा शेर्पा रहेकी छिन् भने नविन पाठक, ज्ञानबहादुर गिरी, राधिना खाती, रश्मीना खाती, मुस्कान दनुवार, हिमा दाहाल पत्रिकाको सम्पादन मण्डलमा रहेकी छिन् ।