२ करोड बढीको लागतमा याना आयल सप्लायर्स सञ्चालनमा « Yalambar Times
२२ चैत्र २०८१, शनिबार

२ करोड बढीको लागतमा याना आयल सप्लायर्स सञ्चालनमा


यलम्वर टाइम्स
१८ भाद्र २०७५, सोमबार ११:११

अर्जुनधारा । नगर प्रमुख हरिकुमार रानाले याना आयल सप्लायर्स प्रालिको उद्घाटन गर्दै याना नगरको गहनाको रुपमा स्थापना भएको बताए ।

सोमबार अर्जुनधारा–८ गढीगाउँ स्थित सप्लायर्सको उद्घाटन गर्दै शुद्धता र सेवा प्रदायकमा याना सप्लायर्सको महत्वपूर्ण भूमिका होस् भनी शुभकमना दिएका थिए ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष गोपीचन्द्र गौतम, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, प्रेस क्लब अध्यक्ष कुमार भट्टराई लगायतले याना आयल सप्लायर्सले बिक्री गर्ने सामग्रीहरु जनविश्वास कायम गर्ने गरी अगाडि बढ्न भनी शुभकामना दिएका थिए ।

२ करोडभन्दा बढी लगानीमा याना आयल सप्लायर्स सञ्चालनमा ल्याइएको समाजसेवी तथा व्यवसायी योगेन्द्र थापाले बताए । एकल स्वामित्वमा सञ्चालित याना आयल सप्लार्यस्ले शुद्धतामा काम गर्ने सञ्चालक थापाले बताए ।

शनिश्चरेमा यस अघिनै सञ्चालनमा रहेको जलेश्वर आयल सप्लायर्सले पनि सेवा प्रदान गरिरहेको छ ।