विमस्टेक फलदायी भएको प्रम ओलीको निश्कर्ष « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

विमस्टेक फलदायी भएको प्रम ओलीको निश्कर्ष


यलम्वर टाइम्स
१९ भाद्र २०७५, मंगलवार ०८:१६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन् ।

सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापनमूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा उत्पादित विद्युत अन्य देशहरुलाई बिक्री गर्न हामीलाई विद्युतीय ग्रीड चाहिएको थियो । त्यस विषयमा काम गर्न जल उर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय गरेका छौं ।’

त्यस विषयमा भारत र बंगलादेशसँग विशेष रुपमा केन्द्रीत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, बंगलादेश र म्यानमारमात्र होइन सूदुर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं ।

नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर विमस्टेकमा छलफल गरी घोषणा पत्रजारी गरिएको बताउँदै प्रधानमन्त्रीले भने, ‘विमस्टेक होस् वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च होस् हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं ।’

प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तर्गतका सुरक्षा निकायल गायत सकारका सबै निकाय प्रतिधन्यवाद ज्ञापन गरे ।