नगर समन्वय समितिमा प्रमुख राना « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नगर समन्वय समितिमा प्रमुख राना


यलम्वर टाइम्स
२६ भाद्र २०७५, मंगलवार ०९:३६

[सागर गौतम]

अर्जुनधारा । एकीकृत शहरी विकास योजना प्रथम सरोकारवालाहरुको भेलाले अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा २३ सदस्यीय नगर समन्वय समिति गठन भएको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, काठमाडौं, एकीकृत शहरी विकास योजना प्रथम सरोकारवालाहरुको अर्जुनधारा नगरपालिकाको सभाकक्षमा सम्पन्न भेलाले प्रमुख रानालाई उक्त जिम्मेवारी दिएको हो ।

उक्त समितिले नगर क्षेत्रमा एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने जिम्मेवारी पाएको परामर्श दातालाई काम गर्ने शिलशिलमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने नगरस्तरीय समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए ।

समितिको सदस्यहरुमा उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, इञ्जिनियर निरज अधिकारी, १ वडाअध्यक्ष गजाधर खतिवडा, २ वडाअध्यक्ष रघुनाथ खनाल, ३ वडाअध्यक्ष जीवन कुमार भण्डारी, ४ वडाअध्यक्ष दुर्गा दाहाल, ५ वडाअध्यक्ष ध्यान बहादुर भारती रहेका छन् ।

त्यस्तै ६ वडाअध्यक्ष लोकनाथ गौतम, ७ वडाअध्यक्ष नवीन ढुङ्गाना, ८ वडाअध्यक्ष गोपिचन्द्र गौतम, ९ वडा अध्यक्ष पुष्पराज प्रसाई, १० वडाअध्यक्ष बलदेव सिंह गोम्देन, ११ वडाअध्यक्ष भैरव खड्का, पूर्वाधार संयोजक रमेश त्रिखत्री, वातावरण संयोजक लक्ष्मी तामाङ रहेका छन् ।

त्यस्तै स्थानीय बृद्धिजिवीको तर्फबाट पूर्व सासद केशव कुमार बुढाथोकी, प्रेम बहादुर गिरी, ने.क.पा. का नेता प्रेम सागर सापकोटा, नेपाली काग्रेसका नगर सभापति हेमराज खरेल, वाणिज्य संघका सचिव चर्तुभुज काफ्ले रहनेछन् ।

सिमेका विम संस्था काठमाण्डौंका इञ्जिनियर सरोज श्रेष्ठका अनुसार इन्टरनेटको पँहुचबाट तथ्याक संकलन गरी सम्रग नगरको भू–बनावट सहित विद्यालयको पोइन्ट र अस्पतालको लोकेशनमा आधारित प्रोजेक्ट बैंक तयार गर्ने भवन विभाग, सहरी विकास मन्त्रालयको योजना रहेको बताए । त्यसलाई मन्त्रालयले प्रशोधन, निरिक्षण र अनुगमन गर्न सक्ने उनले बताए ।

नगर प्रमुख रानाले आफ्नो नगर प्राकृतिक श्रोत, कृषियोग्य उर्वर जमिन, रबर सुपारी, उखु, चिया, अमलिसोले भरिपूर्ण सुन्दर नगर भएको बताउँदै चुनौती र उपलब्धीलाई ध्यान दिनुपर्ने बताए ।

प्रमुख रानाले ७ सय ५३ स्थानीय तहमा स्वर्ण अक्षरमा अर्जुनधारा नगरपालिका लेख्ने लक्ष्य सबैले दृढतापूर्वक संकल्प गरेर अगाडि बढ्न आग्रह गरेँ । संघीय सरकारले प्रथम सरोकारवालाहरुको भेला अर्जुनधारा नगरमा आयोजना गरेकोमा संघीय सरकारलाई उनले आभार समेत व्यक्त गरेँ ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय हालै जारी गरेको शहरी योजना तथा भवन निर्माण मापदण्ड अनुसार व्यवस्थित र योजनाबद्ध नगर विकासको लागि योजना कोशे ढुङ्गा सावित हुने बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले बताए । सफा सुन्दर र हराभरा नगरको सपनाको तस्वीरलाई योजनाले प्रतिविम्बित गर्ने उनको भनाई रहेको छ ।

उप–प्रमुख कमला खतिवडाको स्वागत रहेको कार्यक्रममा सिमेका विम संस्थाका सरोज श्रेष्ठ, अरुण प्रधान, अमिर दवाडीले सहजीकरण गरेका थिए । कार्यक्रम प्रमुख रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।