विद्यालयलाई डस्वीन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

विद्यालयलाई डस्वीन


यलम्वर टाइम्स
२६ भाद्र २०७५, मंगलवार १०:२०

[भिम बराल]

अर्जुनधारा । अर्जुनधारा–५ स्थित श्री आधारभूत विद्यालय कञ्चनबारीलाई रोट्रयाक क्लब अफ बिर्तामोड मिड टाउन र रोट्री क्लव अफ मिड टाउन बिर्तामोडले संयुक्त रुपमा ३ थान डस्वीन प्रदान गरेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक गोविन्द जोशी बजगाईंलाई डस्वीन हस्तान्तरण गर्दै रोटरी क्बल बिर्तामोडका अध्यक्ष शन्नी गोयलले फोहोरले वातावरणमा पारेको असर बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा अध्यक्ष गोयलले विद्यार्थीहरुलाई कुइने फोहोर र नकुइने फोहोर फरक–फरक डस्वीनमा हाल्न आग्रह गरेका थिए ।

उनले विद्यालयबाट निस्काने फोहोरमध्ये कुईने फोहोरबाट कम्पोस्ट मल बनाउने र नकुइने फोहोरबाट कलमदानी, गमला लगायत विभिन्न सजावटका सामान बनाउन सकिने सुझाव दिए ।

सोही अवसरमा जिल्ला रेडक्रस सोसाइटी झापा शाखाले शिक्षक तथा विद्यार्थीहरुलाई प्राथमिक उपचारको बारेमा जानकारी गराएको थियो ।