प्रअ दाहाललाई मातृशोक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

प्रअ दाहाललाई मातृशोक


यलम्वर टाइम्स
३१ भाद्र २०७५, आईतवार ११:२६

अर्जुनधारा । भानु माध्यमिक विद्यालय अर्जुनधारा–५ फुलबारीका प्रधानाध्यापक रुपक दाहाललाई मातृ शोक परेको छ ।

दाहालकी ममतामयी माता देवमाया दाहालको ९३ वर्षको उमेरमा शनिबार राति ९ बजेर ५ मिनेटमा निजी निवास अर्जुनधारा–५ मुसिचोकमा असामयिक निधन भएको हुनाले दाहाललाई मातृशोक परेको हो ।

प्राधानाध्यापक दाहाल स्व. देवमायाका कान्छा सुपुत्र हुन् । स्व. देवमायाका श्रीमान यस अघि नै परमधाम भईसकेका छन् भने जेठा छोरा खेचरेश्वर र साईली छोरी कृष्णमायाको पनि निधन भइसकेको छ ।

स्व. देवमायाका छोराहरु माधवप्रसाद/उर्मिला, भवानीप्रसाद/नर्वदा, नारायणप्रसदा/लोककुमारी, खगेन्द्रप्रसाद/हिमादेवी, लेलीराम/कल्पना, रुपक/प्रर्मिला दाहाल रहेका छन् भने छोरीहरु नर्वदा/स्व. दामोदर गुरागाईं, मेनुका/हरि कट्टेल, विष्णु/दिलीप निरौला, पवित्रा/स्व. नवराज अधिकारी रहेका छन् ।

१८ नाति, ३० नातिनी, ३० पनाति, २१ पनातिनी, ३ जनाति, ३ जनातिनी रहेका स्व. देवमायाका माइला, साईला, काईला, अन्तरे छोरा खेतिपाती गर्छन् भने जन्तरे छोरा लेलीराम पण्डित हुन् । त्यस्तै कान्छा छोरा रुपक भानु माविका प्रअ हुन् ।