ज्येष्ठ नागरिक मिलन समाज अर्जुनधारामा पुनः भट्टराई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

ज्येष्ठ नागरिक मिलन समाज अर्जुनधारामा पुनः भट्टराई


यलम्वर टाइम्स
१ आश्विन २०७५, सोमबार १२:२०

अर्जुनधारा । ज्येष्ठ नागरिक मिलन समाज केन्द्रको तेस्रो महाधिवेशनबाट रामप्रसाद भट्टराई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

अर्जुनधारा जलेश्वरधामको श्रवणहलमा भएको महाधिवेशनले आगामी २ वर्षका लागि भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।

केन्द्रको वरिष्ठ उपाध्यक्षमा लक्ष्मीप्रसाद इङ्नाम, उपाध्यक्षद्वय लोकनाथ पौड्याल, विष्णुकुमार शर्मा भट्टराई, सचिव नरेन्द्र तिम्सिना, सहसचिव हरिप्रसाद काफ्ले, कोषाध्यक्ष शेखरनाथ अधिकारी चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा खगेन्द्रप्रसाद काफ्ले, पोसनाथ चापागाईं, मेधनीप्रसाद चापागाई, तिलक भण्डारी, ताराप्रसाद बराल, केदारमान बस्नेत, तारानिधि भट्टराई, भवानी चम्लगाई, गोपीचन्द्र खरेल, विष्णु दाहाल, देवीप्रसाद पाठक रहेका छन् ।

केन्द्रको आरक्षण अन्तर्गत महिला सदस्यमा डम्बरकुमारी भण्डारी, जीतिमाया पौडेल, रमादेवी चापागाई, सविता पौडेल र पुरुष आरक्षणमा बेनुकान्त अधिकारी, लभकुश गिरी रहेका छन् ।