युवा रंगकर्मी एनवी अञ्जानले ल्याए नयाँ गीत « Yalambar Times
१७ असार २०८२, मंगलवार

युवा रंगकर्मी एनवी अञ्जानले ल्याए नयाँ गीत


यलम्वर टाइम्स
१३ माघ २०७५, आईतवार ०६:२४

झापा । प्रदेश नम्वर एकको पूर्वी पहाडी जिल्ला पाँचथरका स्थानीय तहमा रहेका ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको चिनारी दिँदैे फिदिमका युवा रंगकर्मी एनवी अञ्जानले नयाँ गीत बजारमा ल्याएका छन् ।

साविक रानिटार गाविस वडा नं. १ हाल फिदिम नगरपालिका वडा नं. ७ स्थायी ठेगाना भएका अञ्जानले आफ्नै शब्द, संगीत र स्वरमा पाँचथर जिल्लाका महत्वपूर्ण एवम् ऐतिहासिक साथै पर्यटकीय क्षेत्रको वर्णनसहितको गीत बजारमा ल्याएका छन् ।

मिक्लाजुंगको झुल्के घामले मनै हरर
सिलौटीमा चुल्ठी लर्काई हावा शरर
तमोर नदी पाउमा बग्यो सिंहलिला शिरमा
थाक्ले गई भाकल गर्छन् परेपछि पीरमा……

यो गीतमा पाँचथरका रानीटार, हिलिहाङ दरबार, साधुटार, लोभ्रेकोटी, जोर पोखरी लगायत जिल्लाका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई समेटिएको छ ।

पाँचथरलाई ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै आफुले गीत तयार गरेको अञ्जानले बताए ।

विश्वकै सानो आधा इन्चको हाइकु पुस्तकका लेखक समेत रहेका एनवीले ल्याएको गीतबाट स्थानीय निकायलाई पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने देखिन्छ ।