अर्जुनधारा जेसीजको उद्घोष : शहीद दिवसबाट कार्य शुभारम्भ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा जेसीजको उद्घोष : शहीद दिवसबाट कार्य शुभारम्भ


यलम्वर टाइम्स
१६ माघ २०७५, बुधबार ०८:१५

अर्जुनधारा । शहीद दिवसको अवसर पारि अर्जुनधारा जेसीजले राष्ट्रिय झण्डाको झण्डोत्तलनसँगै जेसीज बोर्ड अनावरण गर्दै वर्ष ०१९ को कार्य शुभारम्भ भएको उद्घोष गरेको छ ।

बुधबार आफ्नै भवनमा झण्डोत्तोलनसँगै वर्ष ०१९ कार्य कार्य शुरु भएको अध्यक्ष टीकाराम गौतमले जानकारी दिए ।

उनले अर्जुनधारा जेसीजको गरिमा उच्च राख्न पूर्व अध्यक्षहरु दिएको त्याग र भूमिकालाई आत्मासाथ गर्दै अर्जुनधारालाई उत्कृष्ट बनाउन आफ्नो टिम क्रियाशिल भएर लाग्ने बताए ।

अध्यक्ष गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वर्ष ०१५ का अध्यक्ष दिपीन राईले झण्डोत्तोलन गरेका थिए । झण्डोत्तोलनपछि प्रमुख अतिथि राईले जेसीजले विभिन्न जीवन उपयोगी तालिम प्रदान गर्दै सक्षम नेतृत्व उत्पादनमा जोड दिनुपर्ने बताए ।

महासचिव भास्कर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष अजयकुमार देव, वर्ष ०१७ का अध्यक्ष प्रल्हाद ढुंगाना, अर्जुनधारा जेसीजका संस्थापक महासचिव तथा मानार्थ सदस्य कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

बैंठक लागि गणपूरक संख्या रहेको कानूनी सल्लाहकार राजन साम्पाङले जानकारी गराएपछि विधिवत रुपमा वर्ष ०१८ का अध्यक्ष अजयकुमार देवले अध्यक्षको कुर्सी हस्तान्तरण गरेका थिए ।

उर्मिला दाहालको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुमन राईले गरेका थिए ।