फोनिजको राष्ट्रिय भेला कास्कीको घाचोकमा « Yalambar Times
७ आश्विन २०८१, सोमबार

फोनिजको राष्ट्रिय भेला कास्कीको घाचोकमा


यलम्वर टाइम्स
८ फाल्गुन २०७५, बुधबार १२:३६

स्थानीय समुदायद्धारा देशभरका आदिवासी जनजाति पत्रकारहरुलाई भव्य स्वागत

कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको राष्ट्रिय भेला मंगलबारदेखि कास्की जिल्लाको माछापुछ्र गाउँपालिका वडा नं.१ घाचोकमा शुरु भएको छ ।

भेलामा फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ्ग, महासचिव मिलन लिम्बू, निवर्तमान महासचिव गजुरधन राई, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजीर मगर, सातै प्रदेशका प्रदेश इन्चार्जहरु, जिल्ला अध्यक्षहरु र फोनिजबाट प्रतिनिधित्व गरेका नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ । कार्यक्रम स्थल पोखराबाट ३५ किलो मिटर दुरीमा पर्दछ ।

सहभागी पत्रकार टोलीलाई फोनिज कास्की शाखाको विशेष व्यवस्थापनमा माछापुछे« गाउँपालिका वडा नं.१ मा रहेको कृषि पर्यटन सिकाई केन्द्र स्थापना तथा होमस्टे कार्यक्रमका पदाधिकारी एवम् सदस्यहरुले भव्य स्वागत गरेका थिए ।

राष्ट्रिय भेला २ दिनसम्म संचालन हुनेछ । भेलामा नेपाल पत्रकार महासंघको विधानलाई समावेशी बनाउने विषयमा विशेष छलफल हुने फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ्गले बताए ।

भेलामा देशभरका २ सय ५० आदिवासी जनजाति पत्रकार महासंघका पदाधिकारी, सदस्यहरु, जिल्ला अध्यक्ष, पार्षदहरुको सहभागिता रहेको अध्यक्ष गुरुङ्गले बताए ।

भेलामा प्रदेश महाधिवेशन सञ्चालन निर्देशिका–०७५ को विषयमा विशेष रुपमा छलफल हुने महासचिव मिलन लिम्बूले जानकारी दिए ।