ज्येष्ठ नागरिक मिलन केन्द्रको सहयोगार्थ महापुराण « Yalambar Times
८ बैशाख २०८२, सोमबार

ज्येष्ठ नागरिक मिलन केन्द्रको सहयोगार्थ महापुराण


यलम्वर टाइम्स
१९ फाल्गुन २०७५, आईतवार ०७:१५

रातेखाल । दुर्गा शक्ति समाज कल्याण संघ ज्येष्ठ नागरिक मिलन केन्द्रले फागुन २० गतेबाट श्रीमद्मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञ गर्ने भएको छ ।

ज्येष्ठ नागरिक मिलन केन्द्रको अधुरो भवनलाई पूरा गर्न पुराणको आयोजना गरिएको अध्यक्ष अम्मर कटुवालले जानकारी दिए ।

कलात्मक शैलीबाट निर्माण हुँदै आएको ज्येष्ठ भवन पूरा गर्न आर्थिक अभाव भएको हुँदा आजीवन सदस्य तथा दानबीरसँगको सद्भावबाट भवन निर्माण गर्न लागिएको प्रमुख सल्लाहकार केदार पराजुलीले जानकारी दिए ।

पुराण सम्पन्न गर्नका लागि केदार पराजुलीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

सहसंयोजकमा गोपाल बुढाथोकी, सचिवमा तुलसी श्रेष्ठ रहेका छन् भने आर्थिक उपसमितिमा लीलाबहादुर कटुवाल, खाद्यन्यमा कुसुमलाल दनुवार, पूजा व्यवस्थापनमा ठाकुरप्रसाद खतिवडा, सुरक्षामा भोला परियार, प्रचारप्रचारमा दुर्गाप्रसाद भट्टराई, अन्तरिक व्यवस्थापनमा टेकनाथ डाँगी, अतिथि सत्कारमा मीना र उर्मिला दनुवार रहेका छन् ।