मेचीनगर गोल्डकप: उद्घाटन खेलमा आयोजक र दाउफिन्स आमने सामने « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

मेचीनगर गोल्डकप: उद्घाटन खेलमा आयोजक र दाउफिन्स आमने सामने


यलम्वर टाइम्स
१२ बैशाख २०७६, बिहीबार ०७:५८

काँकरभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा अफ्रिकी मुलुकका खेलाडीहरुले भरिएको दाउफिन्स एफसी क्यामरुन र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पुनः एक पटक आमने सामने हुने भएका छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आज विहीबारबाट सुरु हुन लागेको मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणको उद्घाटन खेलमा यी दुई टिम आमने सामने हुन लागेका हुन् । यो सिजनमा उनीहरुको तेस्रो भेट हो ।

गत बर्ष मदन भण्डारी इटहरी गोल्डकपको फाइनलमा दाउफिन्स एफसीलाई टाइब्रेकरमा मेची नेत्रालयले पराजित गरेको थियो ।

त्यसपछि दुहबी गोल्डकपको सेमीफाईनलमा मेची नेत्रालयलाई हराउदै दाउफिन्सले गोल्डकपको उपाधी समेत आफ्नो पोल्टामा पारेको थियो ।

यसै वर्ष मात्र करिब आधा दर्जन विभिन्न गोल्डकपको उपाधी चुमेको दाउफिन्सलाई आयोजक मेची नेत्रालयसँगको यो भेट निकै चुनौती बन्ने छ । आयोजकका तर्फबाट विशाल राई ए ले टिमको कप्तानी गर्ने छन् ।

गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ ।

गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ ।

त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।

२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय, दुई विदेशी सहित १० टिमको सहभागिता रहेको छ ।