अर्जुनधारा जेसीजको टि–सर्ट सार्वजनिक « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारा जेसीजको टि–सर्ट सार्वजनिक


यलम्वर टाइम्स
१ असार २०७६, आईतवार ०७:४२

अर्जुनधारा । युवाहरुको नेतृत्व विकाससँगै सामाजिक गतिविधिमा क्रियाशिल बन्दै आएको अर्जुनधारा जेसीजले वर्ष ०१९ का लागि आफ्नो टि–सर्ट सार्वजनिक गरेको छ ।

शनिबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै टि–सर्ट सार्वजनिक गरिएको हो ।

टि–सर्ट अर्जुनधारा जेसीजका निवर्तमान अध्यक्ष तथा एरिया ‘ए’ थिम कोअर्डिनेटर अजयकुमार देव र अध्यक्ष टीकाराम गौतमले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

टि–सर्ट सार्वजनिक गर्दै प्रमुख अतिथि देवले अर्जुनधारा जेसीज युवाहरुको क्षमता विकास गर्ने कार्य र सामाजिक कार्यमा सक्रिय बन्दै गएको प्रतिक्रिया दिए । उनले आगामी दिनमा अझ रचनात्मक भएर अगाडि बढ्न सुझाव दिए ।