बेमौसमी खेतीमा श्रद्धा जुट्दै « Yalambar Times
९ मंसिर २०८१, आईतवार

बेमौसमी खेतीमा श्रद्धा जुट्दै


यलम्वर टाइम्स
३ असार २०७६, मंगलवार ११:३०

बाह्रघरे । अर्जुनधारा–८ मा रहेको श्रद्धा कृषि सहकारी संस्थाले ३ विगाह जमिन लिजमा लिएर अर्जुनधारा–९ स्थित बाह्रघरेमा बेमौसमी तरकारी खेतीतर्फ जुटेको छ ।

अग्र्यानिक नगरको परिकल्पना गरेको अर्जुनधारा नगरपालिकाले त्यसैलाई आत्मासाथ गर्दै श्रद्धा कृषि सहकारीले अग्र्यानिक तरकारीलाई विशेष जोड दिँदै बेमौसमी तरकारी खेतीतर्फ जुटेको अध्यक्ष प्रेमसागर सापकोटाले जानकारी दिए ।

संस्थाले ५ वर्षका लागि लिएको खेतमा बोडी, रायोको साग, १ लाख सुपारीका बिरुवा, धान, मकै लगाइने भएको छ ।

हाल उक्त जग्गामा बोडी र टनेलबाट बिरुवा उत्पादन गरि रायोको साग उत्पादनमा जुटेका छन् । दैनिक ४ जना श्रमिकलाई रोजगारको व्यवस्था मिलाइएको छ ।

श्रद्धाले ३० लाख रकम विनियोजन गरि ३ खम्बे अर्थ नीति अनुसार ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई सार्थकता मान्दै बेमौसमी तरकारी खेतीतर्फ लागिएको जनाएका छन् ।

श्रद्धा सहकारीले ४०–६० अन्तर्गत अर्जुनधारा नगरमा ६० प्रतिशत अनुदान माग गरेको समेत अध्यक्ष सापकोटाले जानकारी दिए ।

बेमौसमी तरकारी खेतीको अवलोकन गर्दै बोर्ड सदस्य रमेश त्रिखत्रीले सबै कृषि सहकारीले यही ढंगबाट खेती गर्न सके नगरलाई समृद्धीको बाटोमा लैजान सजिलो हुनेमा विश्वास व्यक्त गरे ।