बुहारीलाई धारीलो हतियार प्रहार गर्ने जेठाजु पक्राउ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

बुहारीलाई धारीलो हतियार प्रहार गर्ने जेठाजु पक्राउ


यलम्वर टाइम्स
२४ असार २०७६, मंगलवार १०:२७

मोरङ । मोरङको सुन्दरहरैचानगरपालिका–१ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन ।

आज दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३६ का निरबहादुर नेपालले आफ्नै २६बर्षिय बुहारी सलिना नेपाललाई शरीरको विभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निरबहादुरलाई तत्काल पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी सलिनालाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।