जोस्नाको परिवारलाई सहाराको राहात « Yalambar Times
५ आश्विन २०८१, शनिबार

जोस्नाको परिवारलाई सहाराको राहात


यलम्वर टाइम्स
१२ श्रावण २०७६, आईतवार १०:२८

अर्जुनधारा । सहारा नेपाल शनिश्चरे शाखाले जोस्ना राजवंशीको परिवारलाई राहत प्रदान गरेको छ ।

अर्जुनधारा–९ स्थित सहारा अन्तर्गत रहेको जागृति महिला समूहमा आवद्ध जोस्नाको असामयिक निधनपछि उनले चलाएको ऋण मिनाह गर्नका साथै उल्टै ९० हजार सहयोग प्रदान गरेको छ ।

बिहीबार सहारा नेपालले स्व. जोस्नाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका बुहारी र छोरालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

ऋण खाएका मानिस बितेर जाँदा पनि संस्थाको ऋण परिवारमा नहोस् भनेर सहाराले आफ्नो सदस्य बितेमा ऋण मिनाह गर्दै आएको छ ।

वडा नं. ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईको हातबाट दुःखमा रहेका राजवंशी परिवारलाई उक्त रकम प्रदान गरिएको थियो ।

जागृति महिला समूहकी अध्यक्ष अनितादेवी सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा शाखाका प्रमुख लक्ष्मीप्रसाद रिजालले सहाराले गरेका गतिविधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष प्रसाईले गर्जो टार्ने काममा सहारा अत्यन्तै आफन्त भएर आएको अवस्था छ, यसलाई अझ प्रभावकारी र आफ्नो बनाएर अगाडि बढ्न सुझाव दिए ।

उनले अगाडि भने, ‘धेरै सहकारीमा बसेर बदनाम हुनुभन्दा एउटै सहकारीमा रही जीवन जिउने कला सिक्न जरुरी छ ।’