बन्दी सहायताद्वारा तीन छात्रालाई उच्च शिक्षाका लागि सहयोग « Yalambar Times
१ असार २०८२, आईतवार

बन्दी सहायताद्वारा तीन छात्रालाई उच्च शिक्षाका लागि सहयोग


यलम्वर टाइम्स
२३ भाद्र २०७६, सोमबार ०८:४०

अर्जुनधारा । बन्दी सहायता नेपालद्वारा सञ्चालित ‘छोरीका लागि शिक्षा’ कार्यक्रम अन्तर्गत तीन छात्रालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।

बन्दी जीवन बिताइरहेका अभिभावक तथा असाहय बालिकाहरुलाई विगत १५ बर्षदेखि संस्थाले छोरी शिक्षाका लागि प्रत्येक वर्ष खाजा खर्च रु १२ हजार, स्कुल शुल्क, पुस्तक, शैक्षिक सामग्री, साइकल, स्कुल ड्रेस, व्याग, छाता, जाडो गर्मीका कपडा र ट्युसनको व्यवस्थापन गर्दै आएको छ ।

निवेदन अनुसार अर्जुनधारा ११ स्थित चिया बगान मजदुर टोलका लक्ष्मी माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हिमा मुन्डा, कक्षा ५ का अनुपा कोइराला, कक्षा ५ का हिना उराँवलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।

हाल जिल्लाभरीका १९ जनाले यस कार्यक्रममार्फत सेवा पाइरहेको संस्थाका सचिव रञ्जीत परियारले बताए ।

कार्यक्रममा जिल्ला संयोजक जगतबहादुर मगरले उनीहरुलाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।